४५० मतगणना गर्ने आयोगको तयारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

४५० मतगणना गर्ने आयोगको तयारी



काठमाडौं ।

निर्वाचन आयोगले ४ दिनभित्रै प्रत्यक्षतर्फको सबै मतगणना सकिसक्नेगरी तयारी गरिएको जानकारी दिएको छ । मतगणना गर्ने टोली थप गरेर भए पनि चार दिनभित्रै सक्ने निर्वाचन आयोगको तयारी रहेको छ ।

“मतदाता संख्या थोरै रहेका निर्वाचन क्षेत्रमा मतगणना प्रारम्भ भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन परिणाम आउने भएकाले अन्य क्षेत्रको मतपरिणाम आउन धेरै ढिला हुँदा आम मतदाता, सञ्चारकर्मी र राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यवेक्षकको चासो समेत रहने भएकाले मतदाता संख्या अनुसार थप मतगणना टोली परिचालन गरी चार दिनभित्र प्रत्यक्ष र आठ दिनभित्र समानुपातिकको मतगणना सक्ने गरी व्यवस्थापन गरिएको छ,” आयुक्त ईश्वरीप्रसाद पौड्यालले भने ।

निर्वाचन आयोगले २४ सै घण्टा मतगणना गर्ने गरी ३ सिफ्टमा कर्मचारी तयारी अवस्थामा राखेको छ ।

“८ घण्टाको एक सिफ्ट गरिएको छ,” उनले भने, “एक सिफ्टमा कम्तिमा पनि ३५ सय मत गणना हुने अनुमान गरेका छौं । किनकी अहिले मतपत्र छरितो छ । धेरै समय लाग्दैन ।”