भोट हालेपछि देउवाले भने- ओली जीले अब पनि चुनाव सर्छ भन्न बेर छैन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भोट हालेपछि देउवाले भने- ओली जीले अब पनि चुनाव सर्छ भन्न बेर छैन



मंसिर २१,डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेका छन् ।

मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकारले चुनाव सार्दैछ भन्नेहरुको मुख बन्द भएको हुनसक्ने अनुमान गरे । उनले निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरेको पनि बताए ।

‘चुनाव गरेर ऐतिहासिक जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी भएको छु,’ देउवाले भने, ‘ओली जीले त भोट हालिसकेपछि पनि चुनाव सर्छ भन्नबेर छैन ।’

देउवाले अघि भने, ‘चुनाव सर्दैछ भन्नेहरुको मुख बन्द हुनुपर्ने हो ।’

उनले निर्वाचनमा कांग्रेसको बहुमत आउने र कांग्रेसकै सरकार बन्ने दावीसमेत गरे । प्रदेश नम्बर ७ मा कांग्रेसको सबैभन्दा राम्रो पकड भएको उनले बताए।

आफू काठमाडौं फर्किनेबित्तिकै सातवटै प्रदेशको प्रमुख र राजधानी पनि तोक्ने देउवाले जानकारी दिए ।

निर्वाचनको लागि गृहजिल्ला आएका देउवा मतदान गरेर कैलाली हुँदै काठमाडौं जाने योजना छ ।