आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक विदा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक विदा



ललितपुर ११ जेठ

 

वर्षा र अन्नका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा बिहीबार गरिँदै छ । जात्रा अवलोकन गर्न राष्ट्रप्रमुख तथा उच्च पदस्थका व्यक्तिहरू उपस्थित हुने परम्परा छ । भोटो जात्राको दिन सरकारले उपत्यकामा बिदा दिने निर्णय गरेको छ । जात्रा गर्न सोमबार मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्‍याएको थियो । त्यसै दिन मत्स्येन्द्रनाथको रथलाई जावलाखेलस्थित क्षेत्रपाल भैरव कामनामाई पीठको खाल्डोमा पुर्‍याएपछि ‘या:न्यात’ भनी गुरुजु पल्टनद्वारा तोप पडकाई हर्ष–बढाइँ गरिएको थियो ।

रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार मत्स्येन्द्रनाथको जिम्मामा रहेको लोककथन रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो देखाइनेछ । जात्राको दिनमा काठमाडौं, भक्तपुर र ललितपुरका मानिसहरूले ‘ज्या:भुज्या:’ भनी जात्रा मनाउने गर्छन् । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी मानिसहरूले बोकी बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पुर्‍याइन्छ । भूकम्पले ध्वस्त बनेको मस्त्येन्द्रनाथको मन्दिर पुनर्निर्माण भइनसकेकाले मत्स्येन्द्रनाथको मूर्तिलाई मन्दिरपछाडि बनाइएको टहरामा राखिनेछ । मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पुर्‍याएपछि यस वर्षको मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ ।

बौद्धहरूले करुणमयका रूपमा मानिने र सिद्धेश्वरका रूपमा पनि पुजिने मच्छिन्द्रनाथको जात्रा गोपाल वंशावलीमा भक्तपुरका नरेन्द्रदेव राजा र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने उल्लेख छ । कान्तिपुर दैनिकमा समाचार छ ।