वडाध्यक्षमा पराजित प्रदेशसभाको लागि सिफारिसमा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

वडाध्यक्षमा पराजित प्रदेशसभाको लागि सिफारिसमा



काठमाडौं,२१ असोज । 

स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा पराजित भएका समेत प्रदेशसभाको निर्वाचनमा सांसदका लागि सिफारिसमा परेका छन् ।

धुलिखेल नगरपालिका १२ को वडाध्यक्षमा पराजित महेन्द्र बहादुर लामा र नमोबुद्ध नगरपालिका ८ मा पराजित रामेश्वर अधिकारी प्रदेश सभा क्षेत्र २ बाट समानुपातिकतर्फ सफिारिस भएका छन् ।

मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा पराजित जिल्ला उपसभापति अच्यूतप्रसाद पौडेल प्रदेशसभा क्षेत्र नम्बर ३ को प्रतक्ष्यमा र उपप्रमुखमा पराजित राधिका ढकाल समानुपातिकतर्फ सांसदका लागि सिफारिस भएका छन् । कान्तिपुरमा खबर

चौरीदेउराली गाउँपालिका अध्यक्ष दीनानाथ गौतम पनि प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका तर्फबाट सिफारिस भएका छन् ।