स्यान्डविच ढिलो ल्याएको निहुँमा वेटर माथी गोली प्रहार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

स्यान्डविच ढिलो ल्याएको निहुँमा वेटर माथी गोली प्रहार



पेरिसनजिकैको एक रेस्टुरेण्टमा स्यान्डविच खान पुगेका ग्राहकले वेटरको हत्या गरेका छन् । जसको कारण सुनेर सबै अचम्मित भएका छन् । ति ग्राहकले भनेभन्दा केही समय ढिलो गरी स्यान्डविच ल्याएको निहँुमा वेटरमाथी गोली प्रहार गरेका हुन् ।

धेरै बेरसम्म स्यान्डविच पर्खनु परेको भन्दै ती ग्राहकले त्यहाँका वेटरलाई गोली हानी हत्या गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘नोइसी ले ग्रान्ड’ नामको रेस्टुरेण्टमा यस्तो घटना भएको थियो । ती व्यक्तिले रिसाउँदै हातमा भएको पेस्तोलले आक्रमण गरेका थिए । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।