रहर छ स्लिम बन्ने ?यसो गर्नुहोस - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

रहर छ स्लिम बन्ने ?यसो गर्नुहोस



–डिप्रेसन भएका अथवा हुने लक्षण देखिएका महिलाको कम्मरमा बोसो बढी लाग्ने गरेको पाइएको छ । त्यही भएर प्रसन्नचित्त रहेर समेत कम्मरलाई छरितो बनाउन सकिन्छ ।

–नियमित व्यायाम गर्नाले शरीरको बोसो अन्य ऊर्जामा रूपान्तरित हुन्छ । यसो गर्दा कम्मरमा रहेको बोसो नष्ट हुन्छ र कम्मर छरितो हुन पुग्छ ।

–जंक फुड नखाने । चिप्सलगायत फास्टफुडमा कार्बोहाइड्रेट र कोक, फ्यान्टाजस्ता पेय पदार्थमा चिनी बढी हुन्छ । यिनलाई खानाले शरीरमा चिनी र इन्सुलिनको मात्रा ह्वात्तै बढ्न पुग्छ । इन्सुलिन बढेमा शरीरको मध्य भागमा बोसो जम्मा हुन्छ । त्यी भएर कम्मर छरितो बनाउन जंक फुड नखाई हरियो तरकारी र सलादमा जोड दिनुपर्छ ।

–म्याग्नेसियमयुक्त खाना बढी खाने मानिसको रगतमा चिनी र इन्सुलिनको मात्रा कम हुने भएकाले दिनमा दुई पटक हरियो सागसब्जी, केरा र भटमासका परिकार खाने गर्नुपर्छ । यस्ता खानामा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।

–रातो मासुको सट्टा माछा खाने बानी बसाले कम्मरमा लागेको अनावश्यक बोसो कम हुँदै जान्छ । मासु नै खाने हो भने खसी, राँगा आदिको नभई कुखुराको खानुपर्छ ।

–मदिरा बढी सेवन गर्ने महिलाको शरीरमा बोसो बढी जम्मा हुने भएकाले कम्मरलाई छरितो पार्न मदिरा नखाने वा कम खाने गर्नुपर्छ ।

–पसिना निकाल्नेगरी काम अथवा व्यायाम गरेमा शरीरमा इन्सुलिन, ट्राइग्लाइसेराइड्स, कोर्टिसोल लगायतको मात्रा घट्न पुग्छ । साथै, शरीरमा रहेको क्यालोरी पनि बढी नै खर्च हुन्छ । पसिना निकाल्ने सबैभन्दा उत्तम उपाय भनेको जगिङ हो । तसर्थ, हरेक बिहान जगिङ गरेर समेत कम्मरलाई छरितो बनाउन सकिन्छ ।स्वथ्यखाबरबाट