नेपाल शिक्षक संघ वाङ्लाद्वारा सेवा निवृत्त शिक्षक-ुशिक्षिकालाईलाई सम्मान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाल शिक्षक संघ वाङ्लाद्वारा सेवा निवृत्त शिक्षक-ुशिक्षिकालाईलाई सम्मान



हरि प्रसाद भुषाल ,अर्घाखाँची/फाल्गुन ७ 

नेपाल शिक्षक संघ वाङ्लाले वाङ्गला भित्रका सेवा निवृत्त शिक्षक-ुशिक्षिकालाई शुक्रबार सम्मान गरेको छ ।

वाङ्लामा रहेको जिवनोद्दार माध्यमिक विद्यालयमा आयोजना गरिएको विशेष समारोहका विच शिक्षकहरुलाइ सम्मान गरिएको हो ।
शिक्षाको माध्यमबाट समाज रुपान्तरण मा खेलेको भुमिकाको उच्च सम्मान गर्दै संघले साविकको वाङ्ला गाविस भित्रका सेवा निबृत्त शिक्षकहरुलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल शिक्षक संघका केन्द्रीय सदस्य धना भण्डारी, अर्घाखाँची जिल्ला सभापति यादव घिमिरे र गुल्मी जिल्ला सभापति प्रेमनारायण भण्डारीले शिक्षकहरुलाइ सम्मान गरेका हुन् ।

नेपाल शिक्षक संघका केन्द्रिय सदस्य धना भण्डारिले सरस्वतिको मुर्तिमा अविर माला लगाउदै उद्घाटन गरेको कार्यक्रममा त्यस क्षत्रका २४ जना सेवा निवृत्त शिक्षकहरु सम्मानित भएका हुन ।

प्रमुख अतिथि समेत रहेकि भण्डारिले समाज परिवर्तनमा सेवा निवृत्त शिक्षकहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको बताएकि थिईन ।
कार्यक्रममा ट्रेड युनियन काँग्रेसका जिल्ला सभापति नन्दराम भण्डारी, संघका पुर्व जिल्ला सभापति पिताम्पर शर्मा भुसाल, मुक्तिराम भण्डारी, , नयाँ एफ.एम.का स्टेशन म्यानेजर हरिप्रसाद भुसाल, शिक्षक शंकर प्रसाद भुसाल, शारदा भट्टराई, गिता आचार्य, महेश्वर पन्थी, नेपाली काँग्रेसका नगर सभापति विनोद आचार्य लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रम नेपाल शिक्षक संघ सनपा ४का सचिव नारायण खनालको स्वागत मन्तव्य, उत्तम भण्डारीको संचालन र वडा नं ५ का सभापति नारायण आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।