अवार्ड दिलाइ दिने नाममा 'सेक्सुअल ह्यारेस्मेन्ट' - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अवार्ड दिलाइ दिने नाममा ‘सेक्सुअल ह्यारेस्मेन्ट’



काठमाडौं– कलाकार संघ युएसएका अध्यक्ष तथा अमेरिकामा हुन लागेको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’का महासचिव सुमन बुढालाई पदबाट निलम्बन गरिएको छ ।

अवार्ड दिलाइ दिने नाममा पटक–पटक इमोसनल ब्ल्याकमेलिङ र सेक्सुअल ह्यारेस्मेन्ट गरेको आरोपमा उनलाई पदबाट निलम्बन गरिएको आयोजकले जनाएको छ ।

अध्यक्ष बुढाले अवार्ड दिलाउने नाममा आफूलाई पटक–पटक इमोसनल ब्ल्याकमेलिङ र सेक्सुअल ह्यारेस्मेन्ट गरेको कलाकार छिरिङ डोमा शेर्पाले आरोप लगाएकी हुन् । अवार्ड आयोजक संस्था वर्ल्ड कनेक्शन युएसए इन्कले विज्ञाप्ति जारी गर्दै संघका वर्तमान अध्यक्ष बुढालाई निलम्बन गरेको जनाएको हो ।

युएसए इन्कका उपाध्यक्ष दावा शर्पा र फेदर क्रियशनका निर्देशक सुरज राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अवार्ड कार्यक्रमको व्यवस्थापकका रुपमा तपाइँ सुमन बुढालाई अवार्डको मूल समारोह समितिबाट निलम्बन गरिएको छ ।’

अवार्डसँग जोडिएर गम्भीर आरोप लागेपछि उनलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।