जारको पानीमा चरम लापरबाही - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जारको पानीमा चरम लापरबाही



 

साउन २५
काठमाडौंको जारको पानी भरिने स्थानमा प्रशस्तै अखाद्य सामाग्रीहरु भेटिएको छ ।

सरकारी निकायबाट अनुसन्धानका क्रममा यस्तो अवस्था पाइएको हो ।

पानी उत्पादन हुने क्षेत्रहरु नै प्रदुषित, खुला र अनुपयुक्त भएको भेटिएको हो ।

पानी उत्पादन गर्ने कम्पनीहरुले मेसिनरी अपडेट नगरेको, कार्वन फिल्टर र पाइप लाइन सफा नगरेको समेत भेटिएको छ ।

यो अवस्थाले गर्दा किटाणुहरु पानीमा परी रोगहरुले आक्रमण गर्न सक्ने खतरा दिन प्रतिदिन बढ्दै गएको खबर आजको नेपाल समाचार पत्रमा छ ।