खरबुजा खादै हुनुहुन्छ ? सावधान ! विष हुन सक्छ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

खरबुजा खादै हुनुहुन्छ ? सावधान ! विष हुन सक्छ



शीतलता प्रदान गर्ने हुँदा गर्मीमा निकै रुचाइने फल हो, खरबुजा । शरीरमा पानीको मात्रा सन्तुलित राख्न मात्र होइन, धेरै फाइदा गर्ने यो फल । कतिपय दीर्घ रोगमा समेत लाभदायक मानिन्छ ।तर, स्वास्थ्यका लागि खाइने फलले कतै त्यही स्वास्थ्यलाई नोक्सान पुर्याइरहेको ’दयगत सतर्क हुनुपर्छ । खरबुजामा हानिकारक रसायन मिसाइएको हुनसक्छ । खासगरी छिटै पकाएर बिक्री गर्ने चक्करमा खरबुजामा विषाक्त रसायन राखिने गर्छ ।

खरबुजा पकाउनका लागि अक्सीटोसिन इन्जेक्सन प्रयोग गरिन्छ । अक्सिटोसिनले पकाइएको फल सेवन गर्दा हर्मोनसँग सम्बन्धित रोग लाग्न सक्छ । यसको असर धेरैजसो महिलामा बढी हुन्छ । खरबुजामा सिन्थेटिक रंग पनि प्रयोग गरिन्छ । सैकरिनले खरबुजालाई मिठो बनाउँछ । तर, यो शरीरको लागि हानिकारक हुन्छ ।

विष छ वा छैन भनेर थाहा पाउन केही परिक्षण गरे पुग्छ । खरबुजा खरिद गर्नुअघि यसलाई काट्नुहोस् । यदि बोक्राको तल्लो भाग हरियो र हल्का सेतो छ भने त्यो प्राकृतिक तरिकाले पाकेको हुन्छ । यदि खरबुजा काटेर हेर्दा त्यसको बोक्राको मुनी धेरै रातो देखियो भने त्यसमा सिन्थेटिक रंग मिसाइएको हुनसक्छ ।

खरिद गर्नुअघि यो पनि हेरौं कि, खरबुजाको आकार सबैतिर एकैनास होस् । कतै काटिएको वा प्वाल परेको छ भने त्यस्तो खरिद गर्नु हुन्न । जाँच गर्दा थाहा भएन भने पनि खरबुजा खानुअघि १० मिनेट वा १५ मिनेटसम्म पानीमा डुबाएर राखौं । यसले गर्दा खरबुजाको माथिल्लो सतहमा लागेको रसायन पखालिन्छ ।