सुपर ओभरको नियम परिवर्तन, अब बाउन्ड्री गनेर हुँदैन विजेता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुपर ओभरको नियम परिवर्तन, अब बाउन्ड्री गनेर हुँदैन विजेता



काठमाडौं- जुलाईमा लण्डनमा सम्पन्न क्रिकेट विश्वकपको फाइनलमा बाउन्ड्री गणना गरेर विजेता घोषणा गरेको विषयमा विवाद भएपछि आइसीसीले यो नियममा परिवर्तन ल्याएको छ। आइसीसीको दुबईमा बसेको बोर्ड बैठकले सुपर ‌ओभरको नियम परिवर्तन गरेको हो।

लर्डसमा भएको विश्वकप फाइनलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड दुबैले निर्धारित ५० ओभरमा २४१ रन बनाएका थिए। खेलको छिनोफानोका लागि सुपर ओभर खेलाइएको थियो। सुपर ओभरको खेलमा पनि दुबैले १५/१५ रन नै जोडेका थिए। सुपर ओभर समेत बराबर भएपछि ‘बाउन्ड्री काउन्ट’मा इंग्ल्याण्डलाई विजेता घोषित गरियो। विश्वकपको फाइनल खेल सुपर ओभरमा गएको पहिलोपटक थियो।

खेलमा इ‌ग्ल्याण्डले २६ र न्युजिल्यान्डले १७ बाउन्ड्री हानेका थिए।

बाउन्ड्री काउन्टका आधारमा विजेता घोषति भएपछि यो नियमको विरोध भएको थियो।

नयाँ नियम अनुसार अब फाइनल र सेमिफाइनलमा सुपर ओभरको खेल पनि बराबरी भएमा एउटा टिमले बढी रन नबनाएसम्म सुपर ओभर जारी रहनेछ। यो नियम टी २० र एकदिवसीय दुबैमा लागू हुनेछ।

समूह चरणमा सुपर ओभर पनि बराबरी भएमा खेल बराबरमा सकिनेछ।