बालबाल जोगियो वेष्ट ह्याम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बालबाल जोगियो वेष्ट ह्याम



इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा रेलिगेशन जोनमा रहेको स्टोक सिटीले वेष्ट ह्यामसँग बराबरी खेलेको छ ।

वेष्ट ह्यामले घरेलु मैदानमा भएको खेलमा अन्तिम समयमा गोल गर्दै स्टोक सिटीसँग १–१ को बराबरी खेलेको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन ।

७९ औँ मिनेटमा पिटर क्राउचले गोल गर्दै स्टोकलाई रेलिगेशन जोनबाट बाहिर आउने आशको बाटो देखाएका थिए । तर ९० औँ मिनेटमा एण्डी कारोलले वेष्ट ह्यामका लागि बराबरी गोल फर्काए ।

बराबरीपछि ३३ खेलबाट ३५ अंक जोडेको वेष्ट ह्याम १४ औँ स्थानमा उक्लिएको छ । पुछारबाट दोस्रो स्थानमा रहेको स्टोकको २८ अंक छ ।