अब ह्वाट्सएप बिना इन्टरनेट पनि चल्ने, यसरी गर्नुहोस सेटिङ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अब ह्वाट्सएप बिना इन्टरनेट पनि चल्ने, यसरी गर्नुहोस सेटिङ



काठमाडौँ – मेटाले ह्वाट्सएपलाई मल्टी डिभाइस सपोर्ट तथा बिना इन्टरनेट पनि चलाउन मिल्ने बनाउने भएको छ । ह्वाट्सएपले सेकेन्डरी डिभाइसमा बिना इन्टरनेट चलाउन सक्ने सुविधा उपलब्ध गराएको हो ।

अब प्रयोगकर्ताहरूले चारवटा डिभाइसमा ह्वाट्सएप फोनमा कनेक्ट गरी बिना इन्टरनेट मेसेज आदानप्रदान गर्न सक्ने छन् । पछिल्लो अपडेटले डेक्सटप भर्सनमा प्रयोग गर्न सहज भएको छ ।

गत जुलाईमा पहिलोपटक जुलाईमा ह्वाट्सएपले सार्वजनिक गरेको यो फिचर विभिन्न चरणको परीक्षण पनि सार्वजनिक भएको हो । सेकेन्डरी डिभाइसबाट ह्वाट्स एप चलाउँदा पनि इन्ड-टू-इन्ड इन्क्रिप्सन हुने हुँदा अन्यले पक्षले हेर्न र पढ्न नसक्ने कम्पनीले जनाएको छ ।

यसरी लिंक गर्नुहोस् ह्वाट्सएपलाई सेकेन्डरी डिभाइसमा

ह्वाट्सएपको मल्टी डिभाइस सपोर्ट चलाउनुअघि यसको पछिल्लो भर्सन अपडेट गर्नुपर्ने हुन्छ । यो फिचर बेटा भर्सनमा भएकाले केही समस्या आउनसक्ने कम्पनीले जनाएको छ । यो सुविधा ह्वाट्एप वेब, डेक्स्टप र पोर्टलमा उपलब्ध छ । यो भनेको ह्वाट्सएपले अहिलेसम्म एन्ड्रोइड वा आइफोनलाई सेकेन्डरी डिभाइस मानेको छैन । यसका साथै एन्ड्रोइड ट्याबलेट वा आइप्याडलाई पनि ह्वाट्स एपले सेकेन्डरी डिभाइस मानेको छैन ।

सुरुमा वेबमा ह्वाट्स एप खोल्ने, वेब ह्वाट्स एपले सिर्जना गर्ने क्यूआर कोडलाई मोबाइलको ह्वाट्स एप खोलेर स्क्यान गर्ने, फोनले उक्त क्यूआर स्क्यान गरेपछि डिभाइस लगइन कोड डिटेक्ट गर्छ ।

त्यसपछि ह्वाट्स एप अर्को डिभाइसमा प्रयोग गर्न लिंक अ डिभाइसमा क्लिक गर्ने। त्यसपछि पुन: क्यूआर कोड स्क्यान गरेपछि वेबमा ह्वाट्स सिंक हुन्छ ।