डब्लूएचओले पत्ता लगायो कोरोनाको नयाँ औषधि: निकै प्रभावकारी भएको दाबी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

डब्लूएचओले पत्ता लगायो कोरोनाको नयाँ औषधि: निकै प्रभावकारी भएको दाबी



एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस संक्रमितको उपचारका लागि नयाँ औषधि पत्ता लागेको बताएको छ ।

डब्लूएचओका अनुसार कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि विभिन्न परीक्षणबाट प्रभावकारी पुष्टि भएकाले यो नयाँ औषधि प्रयोग गर्न सिफारिस गरिएको हो ।

‘इन्टरलेउकिन—६’ नामको औषधि संक्रमितको उपचारमा प्रयोग गर्न सकिने निष्कर्ष निकालेर सिफारिस गरिएको डब्लूचएओले जनाएको छ ।

डब्लूएचओका अधिकारीहरूका अनुसार कोरोना भाइरसविरुद्ध यो औषधि उपयोगी हुने औषधि सम्बन्धी विभिन्न अध्ययन तथा विश्लेषणले निष्कर्ष निकालेका छन् ।

डब्लूएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधिका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो ।

‘कोरोना भाइरसका कारण गम्भीर अवस्थामा रहेका विरामीलाई पनि यसले सन्चो गराएको पाइएको छ, यसले विषेश गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्ने र यो धेरै प्रभावकारी भएको देखिएको छ,’ डब्लूएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भने ।