विवादमा तानियो डब्लुएचओको कोरोना प्रतिवेदन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विवादमा तानियो डब्लुएचओको कोरोना प्रतिवेदन



जेनेभा- कोरोना कहाँ उत्पत्ति भन्नेबारे बोलेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको प्रतिवेदन विवादमा परेको छ । संगठन र विभिन्न १४ देशले कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न चीनले आवश्यक तथ्यांकहरु उपलब्ध नगराएको जनाएका छन् ।

संगठनसहित अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, नर्वे, डेनमार्कलगायत १४ देशले डब्लुएचओको टोलीले तयार पारेको प्रतिवेदनमा प्रश्न पनि उठाएका छन् । संगठनको अध्ययन प्रतिवेदन र त्यसका निष्कर्षमाथि युरोपेली संघ (ईयू) ले पनि कोरोना भाइरसको उत्पत्तिबारे गरिएको अध्ययन अपुरो भएको भन्दै आलोचना गरेको छ ।

ईयूले यसबारे विस्तृत र स्वतन्त्र अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ । विभिन्न राष्ट्रका विज्ञहरुले भाइरस उत्पत्तिबारे अध्ययन गर्न जनवरी १४ मा चीनको वुहान पुगेर अध्ययन गरेको थियो ।

टोलीमा चीनका वैज्ञानिक समेत सहभागी भएका थिए । संगठनले अध्ययन पछि बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा कोरोना भाइरस जनावरबाट मानिसमा सरेको उल्लेख गरिएको छ ।