विश्व स्वास्थ्य संगठन भन्छ: कोरोना संसारबाट तत्काल निर्मूल हुँदैन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विश्व स्वास्थ्य संगठन भन्छ: कोरोना संसारबाट तत्काल निर्मूल हुँदैन



काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस गेब्रेससले कोरोना भाइरस महामारीको अन्त्य गर्न अझै लामो समय लाग्न सक्ने बताएका छन् । अहिल्यै वा केही समयपछि नै कोरोना संसारबाट निर्मूल भइहाल्ने अवस्था नदेखिएको उनले बताएका हुन् ।

हालै आयोजित एक पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसका कारण विश्वका कतिपय मानिसहरुले न्यूनतम स्वास्थ्य सेवा समेत पाउन नसकेको तर्फ सचेत पनि गराए ।

विशेषगरी गरिब देशका बालबालिकाले समयमै खोप लगाउन नपाइरहेको उनको भनाई छ । डब्लुएचओले केही धनी राष्ट्रहरुमा संक्रमण स्थिर वा कम हुँदै गएको भए पनि अफ्रिका, पूर्वी यूरोप, ल्याटिन अमेरिका र केही एसियाली देशहरूमा संक्रमण जारी रहेको बताएको छ । भाइरसका कारण हुने मृत्यु हुने क्रम अझै बढेको छ ।

संसारभर पोलियो, दादुरा, हैजा, पहेंलो ज्वरो र मेनिन्जाइटिस जस्ता रोगहरू विरुद्ध नियमित खोपमा विलम्ब भइरहेको छ । जसका कारण संसारका १ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएको उनको भनाई छ ।