केन विलियम्सनले बनाए नयाँ किर्तिमान - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

केन विलियम्सनले बनाए नयाँ किर्तिमान



एजेन्सी । न्युजिल्याण्डका कप्तान केन विलियम्सनले एकै विश्वकपमा सर्वाधिक रन जोड्ने कप्तानको कीर्तिमान बनाएका छन् ।

इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आयोजक इंग्ल्याण्डविरुद्ध ब्याटिङ गरिरहेका विलियम्सनले उक्त किर्तिमान बनाएका हुन्  ।

लण्डनस्थित लर्ड्समा इंग्ल्याण्डविरुद्ध ५ रन जोडेसंगै जारी विश्वकपमा ५५० रन पुरा गर्दै विलियम्सनले कीर्तिमान बनाएका हुन् । विलियम्सनले श्रीलंकाका पूर्व कप्तान महेला जयवर्दनेले बनाएको कीर्तिमान भङ्ग गरे ।

जयवर्दनेले सन् २००७ को विश्वकपमा ५४८ रन जोड्दै एकै विश्वकपमा सर्वाधिक रन जोड्ने कप्तानको कीर्तिमान बनाएका थिए ।