विश्व साइकल यात्रीलाई कतारमा सम्मान - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विश्व साइकल यात्रीलाई कतारमा सम्मान



ओम प्रकाश बानियाँ/दोहा, कतार

विश्व साइकल यात्री दीपक खत्रीलाई शुक्रवार मेची महाकाली सेवा समाज कतारले सम्मान गरेको छ । सनैया स्थित ग्रेन्ड महलको चौरमा आयोजना गरिएको उक्त कार्यक्रममा समाजका अध्यक्ष द्रोण भट्टराईले नगद तथा खादा ओडाएर सम्मान गर्नु भएको थियो ।

विश्व साइकल यात्रीलाई आफ्नो समाजले सम्मान गर्ने पाउनु सुखद अवसर भन्दै साइकल यात्री खत्रीलाई अरू देशमा पनि यसरी नै नेपालको नाम उच्च राख्न शुभकामना दिनु भयो । विश्व साइकल यात्री खत्रीले ९२ औँ देशमा आफू कतार आएको र आफूलाई कतारमा सम्पूर्ण नेपालीले भव्य रूपमा स्वागत र माया गरेको भन्दै कतार बासी नेपालीको प्रशंसा गर्नु भयो ।

खत्रीले थपे भर्खरै स्थापना भएको मेची महाकाली सेवा समाजले यति धेरै माया र साथ दिनु भएकोमा धन्यवाद व्यक्त गर्दै यो सहयोग आफू जीवनभर नबिर्सिने र आफ्नो पुस्तकमा समावेश गर्ने वचन दिनु भयो ।उक्त कार्यक्रम समाजका महासचिव लिला प्रसाद गौतम द्वारा सञ्चालन गरिएको थियोे ।