नेतृत्व बर्गले निष्ठावान कार्यकर्ताको मनोभावना बुझ्न जरूरी छ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेतृत्व बर्गले निष्ठावान कार्यकर्ताको मनोभावना बुझ्न जरूरी छ



 बिश्व पुरी

भोली नेपाली कांग्रेस प्रतिस्पर्धा गर्ने भनेको बिपक्षी दल संग हो किन हाम्रा नेतृत्वबर्गहरू यो कुरा बुझ्दैनन आफ्नै पाटीमा लगानी गरेका त्याग तपस्या बलिदान गरेका जुझारू संगठनकर्तालाई साम दाम दण्ड भेद प्रयोग गरेर किन पाखा लगाउँदैछन ? फलानोको मान्छे ढिस्कानाको मान्छे भन्ने बिल्ला भिराउँदै किन गुटगत राजनिती गर्न तल्लीन छन अझै पनि किन कुरा बुझ्दैनन नेतृत्व बर्गहरू जनस्तरमा काम गरेका जनताको हरेक सुख दुखमा भिजेका जनप्रेमी नेतालाई टिकट नदिई आफ्ना खल्तीका नेतालाई टिकट दिदा अहिले यो हबिगत नेपाली कांग्रेसले ब्यहोर्नु परेको छ हामी नेपालको सबैभन्दा ठुलो दल हौ भन्दै गर्ब गर्ने ठाँउ पनि छैन कुनै बेला दुई तिहाई मत ल्याएको हाम्रो पाटी अहिले यो अबस्थामा आईपुगेको छ ।

पाटीमा लगानी गरेका संगठनको लागी दिलो ज्यान आहुति दिएका कर्मठ र जुझारूलाई पाखा लगाउँदै धनबाद र डनबाद पाटीमा हाबी गराउँदै जाने समयको माग अनुसार नेतृत्व बर्गहरू नचल्ने हो भने भोली नेपाली काँग्रेस ईतिहासको पानामा सिमीत नहोला भन्न सकिदैन । त्यसैले हामीले आफ्नै साथीभाईलाई निषेध गरेर कहिल्यै गन्तव्यमा पुग्न सकिदैन अब हामी आफै स्थानिय निकायको निर्बाचन गर्ने भनि लागी परेका छौ यस्तै गुटगत राजनिती गर्ने हो भने भोली स्थानिय निकायको निर्बाचनमा नेपाली कांग्रेसले लज्जास्पद हार ब्यहोर्न नपर्ला भन्न सकिदैन । ख़बरदार नेतृत्व बर्गहरू नेपाली कांग्रेस तपाईहरूको बाउको बिर्ता होईन त्यसैले अब नेपाली कांग्रेस वडा गाबिस क्षेत्र जिल्ला केन्द्र हुदै नेपाली काँग्रेसमा आस्थावान नेताको दैलो चाहार्ने होईन संगठनको लागी गाँउ गाँउ बस्ती बस्ती सम्म चाहार्ने बिकास र निकासको लागी मरिमेट्ने कार्यकर्तालाई एकाकार गर्दै गुटगतको राजनितीलाई तिलान्जली दिएर अब हामी स्थानिय निकायको निर्बाचनमा होमिएर यो देश र जनताको एक मात्र पहिलो पाटी नेपाली काँग्रेस बनाउन चाहान्छौ मात्र हामी जस्ता पाटीका बफादार सिपाहीलाई गाँउ गाँउमा परिचालन गराँउनुस हामी नेपाली काँग्रेसलाई जनताको मनमझेरीको सुखदुखको पाटी बनाउँछौ ।

नेपाली काँग्रेसमा रहेर भबिष्य खोज्ने म जस्ता लाखौ युवा गुटगत राजनितीले गर्दा निरास र सिथिल हुदै बिदेशीन बाध्य छन पैसा र पाखुरा भए पाटीमा स्थान पाईने भए हामी पनि बिदेशमा आठ दश बर्ष गैटी बेल्चा खेलाएर केही रकम जम्मा गरेर पाटीमा लाग्नुपर्यो नत्र सादा जिबन उच्च बिचार भएका कुसल संगठनकर्ताको मनोभावना नेतृत्व बर्गले बुझ्न ज़रूरी छ । “बिपिले भन्नुभएको थियो देशमा प्रजातन्त्र बहाली पछि पाटीमा सुकिला मुकिला हाबी हुनेछन त्यसबेला आम कार्यकर्ताले संघर्ष गर्नु पर्ने हुन्छ ” आज त्यो दिन आईपुगेको छ त्यसैले अब हामी तरूणहरू यस बिषयमा बुलन्द आवाज उठाउँदै पाटीमा अन्तर संघर्ष गर्नुपर्ने बेला आएको छ हामीलाई पद चाहिएको होईन हामी कुनै गुटका मानिस होईनौ हामी चाहान्छौ कांग्रेस नेतृत्व पङ्तीमा रहनेहरू आफ्ना कार्यकर्ताको मनोभावना बुझेर बिपीले देखाउनु भएको बाटो नबिराएर जनताको पिर मर्का हर दुखसुखमा साथ दिएर बिकास र निकास संग सँगै अघि बढाउन कुनैपनी गुटको नेतृत्व गरेर होईन मात्र जनताको मर्म भावना बुझेर जनचाहना अनुरूप अघि बढोस हामी यही चाहान्छौ अब नेतृत्व बर्गले यो कुरा पनि बुझ्न जरूरी छ एक्काईसौ सताब्दी भनेको अत्यन्त प्रतिषप्रर्धाको समय हो हाम्रो पाटी यस्तो उस्तो भनेर झुटको खेती गरेर बिपिको नाम भजाएर खाने दिन गए अब प्रष्ट कार्यक्रम र योजना लिएर जनताको माझमा जानुपर्छ ।

कांग्रेस भनेको यो देशको पुरानो राष्ट्रिय तथा अन्तराष्ट्रीय जगतले पत्याएको एक मात्र नेपालको पाटी हो यसमा धेरै आस्थावान अन्धभक्त निष्ठावान बौध्दिक लगनसिल मेहनेती र ईमान्दार कार्यकर्ता छन काँग्रेसको नेतृत्व पंङ्तीले गुटको राजनितीलाई अनत्य गरेर एक ढिक्का भएर लाग्ने हो भने काँग्रेसको लागी बिपक्षी केही पनि होईन तर कांग्रेस अापसी कलह गुटबन्दीको राजनीति घरझगडामा ब्यस्त छ अब नेपाली काँग्रेसका नेतृत्व बर्गहरू एक ढिक्का भएर सबै कार्यकर्ताको मनोभावना समेटदै गुटबन्दीको राजनितीलाई अनत्य गर्दै जनता राष्ट्रप्रती समर्पित हुदै सबैदलहरू सित सहमती सहकार्य एकता गर्दै बिकास र निकासको नेतृत्व लिदै नेपाली कांग्रेस अघि बढ्नुपर्छ !!