विवेकशील साझा पार्टी रुपन्देहीले घोषणा पत्र सार्बजनिक - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

विवेकशील साझा पार्टी रुपन्देहीले घोषणा पत्र सार्बजनिक



कपिल ज्ञवाली /बुटवल,कार्तिक २२ ।

विवेकशील साझा पार्टी रुपन्देहीले घोषणा पत्र सार्बजनिक गरेको छ ।  राजनीतिलाइ पद्धती,पारदर्शीता ,इमान्दारी र उत्कृष्ट बनाउनका लागि विवेकशील साझा पार्टीलाइ मतदान गर्न आग्रह गरेको छ ।

भ्रष्टाचार ,गरिबी,बिभेद रहितको राष्ट्र निर्माण गर्न,राजनीतिलाइ सुसंस्कृत बनाउन ,देशमा युवाको बेरोजगारी अन्त्य गर्न ,कृषि पर्यटनलाई बिकास गर्ने लगायतका १६ बुदे प्रतिबद्धतापत्र सार्बजनिक गरेको हो ।

बुटवलमा पत्रकार सम्मेलन गर्दै विवेकशील साझा पार्टीले रुपन्देहीमा तेश्रँे शक्तिको रुपमा उदाउने लक्ष्य रहेको प्रष्ट पारे ।

अधिकांश युवापुस्ताको उम्मेदबारी रहेको पार्टीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं २ मा हरिकृष्ण अधिकारी,प्रदेशसभा २ क मा गणेश पन्थी, प्रदेशसभा २ ख मा निलम अधिकारी,त्यसैगरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा पार्थिभेन्द्र उपाध्याय,प्रदेशसभा ३ को ख  बाट अमीत गुप्ता मैदानमा छन् ।

समानुपातिक उम्मेदवारहरुमा प्रतिनिधिसभामा डा. सुदर्शन धिताल, प्रदेशसभा सरस्वता पन्थी, जमुना सुवेदी, सर्मिला थारु, बिष्णु काउछा रहेका छन् ।

सो अबसरमा उम्मेदबारहरु हरिकृष्ण अधिकारी, गणेश पन्थी, निलम अधिकारी, पार्थिभेन्द्र उपाध्याय,अमीत गुप्ता र सो पार्टीका सुवास लामिछानेले लगायतले बोल्दै राजनीतिलाइ सुसंस्कृत बनाउनआफुहरुलाइ तराजु चिन्हमा मतदान गर्न आग्रह गरे ।