कैलालीको धनगढीमा वल्ड सि ओपिडी डे मनाइयो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कैलालीको धनगढीमा वल्ड सि ओपिडी डे मनाइयो



कैलाली । वल्ड सि ओपिडी डे बुधवार धनगढीमा विविध कार्यक्रम गरी मनाइएको छ । श्वास प्रश्वास सम्बन्धी रोग अन्त गर्न सबै सँगै भन्ने नारा सहित भागेश्वर एकेडेमी फर हेल्थ साईन्स, नोभा हस्पिटल, सिफ्ला कम्पनी धनगढीको आयोजनामा सचेतना सम्बन्धी ¥याली निकालेको हो ।

धुवाँधुुलो तथा वायु प्रदुुषणका कारण मानिसलाई श्वासप्रश्वास सम्बन्धी रोगहरू लाग्ने गर्दछ । धुुंवाधुलो तथा प्रदुुषणका कारण नेपालमा श्वासप्रश्वास सम्बन्धी रोगहरूका कारण प्रत्येक वर्ष धेरै व्यक्तिको मृत्यु हुने गरेको छ । धुुम्रपान गर्ने व्यक्ति, उद्योग तथा निमार्णमा पेशागत रूपमा काम गर्ने व्यक्ति, दाउरा तथा भान्साको चुुलोमा खाना पकाउने व्यक्तिलाई श्वासप्रश्वास रोग लागेमा मानिसको फोक्सोमा असर गर्छ ।

मानिसलाई जीवनमा एक पटक श्वास प्रश्वास सम्बन्धी रोग लागेमा बिस्तारै बिस्तारै सङ्क्रमण दर बढ्दै जाने चिकित्सकले बताएका छन् । दीर्घ श्वास प्रश्वास सम्बन्धी रोगलाई अङ्ग्रेजीमा सी ओ पी डी भनिन्छ ।

सुरुमा खोकी लाग्ने,श्वासप्रश्वासको मात्रा बढ्दै जाने,बिरामीले खोक्दा खकार देखा पर्ने गर्दछ । श्वास प्रश्वास सम्बन्धी रोग बाट बच्नका लागी धूम्रपान नगर्न, वायुुप्रदुुषण तथा धुवाधुलोबाट बच्न सजक अपनाउन डाक्टर सुुभेष राज कायस्थले सुझाव दिए । विद्यार्थी ,शिक्षक तथा स्वास्थ्यकर्मिको सहभागितामा भागेश्वर एकेडेमी फर हेल्थ साइन्स देखी अस्पताल लाइन हुँदै देब तालिम केन्द्र सम्म ¥यालीको आयोजना गरिएको हो ।

मानिसको फोक्सोमा लाग्ने श्वासप्रश्वास सम्बन्धी रोगलाग्नबाट के कसरी बच्न सकिन्छ भन्नेबारेमा छलफल तथा जानकारी भएको थियो । श्वासप्रश्वास सम्बन्धी रोग लाग्नबाट के कसरी बच्ने, समाधानका उपाय बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भागेश्वर एकेडेमीका पुुर्ब विद्यार्थी आयान नवीन धामीले बताए ।