आज ४२ औँ विश्व वातावरण दिवस - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

आज ४२ औँ विश्व वातावरण दिवस



काठमाडौँ, २२ जेठ ।

आज ४२ औँ विश्व वातावरण दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैँछ । “प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त” भन्ने नाराका साथ आज यो दिवस मनाइँदैछ ।

‘संयुक्त राष्ट्र सङ्घको सन् १९७४ मा जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाउन घोषणा गरे सँगै यो दिवस मनाउन थालिएको हो ।  पृथ्वी र प्रकृति सबैको साझा भएकाले मानव समाजले वातावरणलाई स्वच्छ सफा राखेर संरक्षण गर्नु आवश्यक छ । किनकी यदि हामीले वातावरणलाई सँधै स्वच्छ सफा राखेनौँ भने हामी विभिन्न रोगका सिकार हुन सक्छौँ ।

स्वस्थ जीवनयापनका लागि वातावरण स्वच्छ हुनु आवश्यक हुन्छ । त्यसका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत् वातावरण कसरी स्वच्छ राखेर आफू स्वस्थ हुन सकिन्छ भन्ने जानकारी दिनु पर्छ ।