यी व्यक्ति जसले बरफमा २ घण्टा बसेर विश्व रेकर्ड बनाए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यी व्यक्ति जसले बरफमा २ घण्टा बसेर विश्व रेकर्ड बनाए



एजेन्सी । अष्ट्रियाका एथलीट जोसेफ कोएबर्लले शनिबार २ घण्टा ८ मिनेट ४७ सेकेन्ड आइस क्यूब्सको बक्समा बस्दै विश्व रेकर्ड बनाएका छन् ।

जसमा उनले स्विम सुटमात्र लगाएका थिए । जोसेफ भन्दा पहिले यो रेकर्ड सन् २०१४ मा चाइनिज एथलीट जिन सोंगहाओको नाममा यो रेकर्ड रहेको थियो । जसमा उनले ५३ मिनेट १० सेकेन्ड बरफमा बसेर रेकर्ड बनाएका थिए ।

रेकर्ड राख्नु भन्दा पहिले डाक्टरको टिमले उनको शरीरको तापक्रम मापन गरेको थियो । त्यसपछि रेकर्ड पूरा हुँदा पनि उनको पूरा शरीरको जाँच गरियो ।

रेकर्ड बनाउँदै उनले भने, ‘ मलाई थाहा थियो म अझै बढि समय बर्फमा बस्न सक्थें, तर मलाई त्यसको जरुरत थिएन । यसकारण म दुई घण्टापछि बाहिर आएको हुँ । यसका साथै अब म आफ्नो रेकर्ड तोडिनेको प्रतिक्षा गर्दछु ।’

यसका साथै उनी रेकर्ड बनाएर निक्कै खुसी थिए । तर त्यहाँ उपस्थित अन्य व्यक्तिले भने उनलाई मुर्ख भनेको थिए ।