क्यान्सरबिनाको संसार « Himal Post | Online News Revolution
Logo

क्यान्सरबिनाको संसार



– बाबुलाल भण्डारी

औषधिविज्ञानमा आजको सूचनाप्रविधिको विकासको परिणाम स्वरूप विश्वका ३० भन्दा वढी देशमा कैयौँ क्यान्सर पीडितहरूले खुर्पानी (एप्रीकट)को प्रयोगवाट नयाँ जीवन पाएका सफलताका कथाहरूले इन्टरनेट भरिएका छन् तर हामी अझै पनि सम्पति सक्ने, असह्य पीडा पनि भोग्‍ने, परिवार र आफन्तजनलाई ऋणको भारी बोकाएर अन्तमा मृत्युलाई अँगालो मार्न विवश नियति भोगिरहेका छौँ। यसमा प्रथमत: नवीन सूचनाको अभाव, केही अंशमा सरल बाटोमा सहज विश्वासको कमी र औषधी जगतको भ्रमात्मक प्रचारले पनि भूमिका खेलेको हुनुपर्छ। क्यान्सर झन्डै एक सयभन्दा वढी रोगको समुच्च नाम हो। यसमा शरीरको कुनै भागमा सुरु भएको असामान्य कोषिकाले ग्लुकोजबाट शक्ति आर्जन गरी नजीकका अरू कोषहरूलाई निल्दै अनियन्त्रित रूपमा वढ्दै जाने हुन्छ। शरीरको अत्यावश्यक जीवनीशक्तिलाई नै दोहन गर्दै यो पछि रक्त संचारको माध्यमबाट शरीरका अन्य अङ्गमा  समेत फैलिई मुत्युको कारण बन्दछ। शरीरको हिस्सा, ट्युमरको आकार र यसको विकासका चरणका आधारमा यसका भिन्नभिन्न लक्षणहरू प्रकट हुँदै जाने भएता पनि मस्तिष्क ट्युमरमा साह्रै सानो गाँठोले पनि तीव्र लक्षण देखाउँछ भने प्यान्क्रियाजमा (अग्न्यासय) चाही यो शरीरका अन्य अङ्गमा फैलिसक्दा समेत कुनै लक्षण नदेखाउने हुन्छ।

सबै प्रकारका क्यान्सरमा आजपर्यन्त चलिआएका मूलधारका परम्परागत औषधिमा केमोथेरापी, रेडियोथेरापी, शल्यक्रिया र यदाकदा हर्मोन र इम्युनोथेरापी जस्ता मल्टी-मोडालिटि थेरापीको प्रावधान रहे पनि अलगअलग वा संयुक्तरूपमा प्रयोग हुने पहिलो तीनवटालाई नै मुख्य उपचार मान्ने गरिएको छ। पटकपटकको प्रयोगशाला परीक्षण, शल्यक्रिया, केमोथेरापी र रेडिएशन अङ्कोलोजी अकल्पनीय रूपले महङ्गा भई यस्तो उपचार आम नेपालीको आय स्तरले नभ्याउने पक्ष एकातिर छ भने मेडिकल क्षेत्रकै दावीलाई आधार मान्दा पनि अनुकूल परिस्थिति रहेमा यी सबै विधिबाट गुज्रने व्यक्तिले बढिमा ५ वर्ष क्यान्सर मुक्त जीवन पाउँने तर यस्ता सौभाग्यशाली व्यक्ति हामीकहाँ ३ प्रतिशतभन्दा बढी नहुने हाल सम्मको एउटा नयाँ यथार्थ हो। रोगको प्रकार, चरण र रोगीको उमेर अवस्था हेरी छनौट हुने ५० भन्दा बढी किसिमका केमो रसायन र ६०-८० GY सम्म दिईने पटकपटकका कार्बन, फोटोनजस्ता आयन रेडिएसनवाट क्यान्सरको कोषिकालाई लक्षित गरिए पनि अन्य स्वस्थ कोषिका र अङ्गलाई समेत विषाक्त असर पर्न गई उपचाररत व्यक्तिको साधारण स्वास्थ्य र प्रतिरोधी क्षमता नै नष्ट हुने परिस्थिति अद्यापि छँदैछ। यसबाट ज्वरो, वाकवाकी, बमन, कपाल झर्ने, रक्तकोषिका गणनामा खतरनाक गिरावट, मुखमा घाउ खटिराले खाना खान असक्तता, अमन, दुखाई र शरीर फुल्नु लगायतका दर्जनौँ स्वास्थ्य समस्याले व्यक्तिको शहनशीलताको तह नाघ्‍ने र व्यक्ति रोगले भन्दा औषधिको विषाक्तताले थलापर्ने हुन्छ। धेरै चक्रमा दिईने केमो प्रोटोकल र खास गरी बारम्बारको X-Ray प्रत्यक्षीकरणवाट एकातर्फ पुनः दोस्रो क्यान्सरको सम्भावना वृद्धि हुन्छ भने उता मुटु, फोक्सो, स्नायु, मिर्गौला र सन्तान उत्पादन क्षमतामा  दीर्घकालीन स्थायी दुस्प्रभाव पर्न सक्दछ।

क्यान्सरजस्तो ज्यानलेवा रोगको सरल, प्रभावकारी र सर्वसुलभ उपचारको खोजमा आजसम्म वैज्ञानिक, चिकित्सक र अनुसन्धाताले पसिना बगाएका छन। सन् १९५२ मा विख्यात जीव/सायनशास्त्री डा.अरनेस्ट क्रेवले दुनियाँमा सबैभन्दा दीर्घजीवी मानिएका उत्तरपूर्वी एरिजोनाका नभाजो इन्डियन, कालासागरको पूर्वीतट जर्जियामा बस्ने अब्खाजियन र विशेषगरी पाकिस्तानको उत्तरी पहाडी इलाकामा बस्ने आदिवासी हुन्जा जातिको स्वास्थ्य र दीर्घजीवनको रहस्य भित्र क्यान्सरको समाधान लुकेको प्रारम्भिक अनुमान गरी गम्भीर अध्ययन अनुसन्धान थाले। उनीहरूको जीवनशैली र खाद्यस्वभावभित्रका प्रमुख चिजहरू कोदो, फापर, जौ, खुर्पानीको बियाँ (Kernels) र देशी बदाममा साझा रूपमा पाइने अमिगडालिन  भन्ने तत्त्वलाई लिएर प्रयोगशाला परीक्षण र जनावरमा प्रयोग गर्दा यो क्यान्सरको उपचारमा अत्यन्त  प्रभावी देखा पऱ्यो। भिटामिन ‘सी’को कमीले स्कर्भी र भिटामिन ‘बी’को कमीले पेलाग्राजस्ता रोग निम्तिए जस्तै क्यान्सर पनि  कुपोषणजनित (डिफिसियन्सी) रोग नै भएको र अमिगडालिन  भन्ने तत्त्व आधुनिक खानपानबाट हट्दै गई हाम्रो शरीरमा यसको आपूर्ति समस्याबाटै क्यान्सर जस्तो भयानक रोगको सूत्रपात हुने कुरा अनुसन्धानाट खुल्न आयो। यसको भिटामिन बी कम्प्लेक्सकै जस्तो आणविक संरचना भएको र त्यतिन्जेल १६ प्रकारका बी भिटामिनहरू पहिचान भई सकेकोले डा. क्रेवले यसलाई भिटामिन बी १७ नामाकरण गरी यसैलाई सिन्थेसाइज गरेर बनेको औषधीलाई लेटराईल भन्ने ब्राण्ड नाम दिए। यो भिटामिन बी १७ अथवा अमिगडालिन भन्ने तत्त्व आरुको प्रजातिको र बाहिरवाट हल्का पहेलो रङ्गमा राता धर्सा हुने खुर्पानी (अरमेनियाकाप्रुनस) भनिने फलको भित्रको तितो विंयामा प्रचुर  मात्रामा पाईने भएकोले क्यान्सरको उपचारमा यो बेजोड प्रभावकारी ठहरियो। यसका अतिरिक्त यसमा बिटा क्यारोटिन पनि प्रशस्त हुने हुँदा अरू विभिन्न रोगका जीवाणु र विषाणुसँग लड्न शरीको रोगप्रतिरोधक क्षमतालाई समेत यसले सशक्त पार्ने पुष्टि भयो। अमिगडालिनले शरीरमा कुनै हानी नोक्सानी नगरी कसरी क्यान्सर कोषिकालाई मात्रै छानीछानी नष्ट गर्छ, यो पक्ष बडो रोचक र आश्चर्यजनक छ। अमिगडालिनमा ग्लुकोजका २, बेन्जाल्डीहाइड को १ र साईनाइड को १ भाग गरी ४ वटा अवयव हुन्छन्। पछिल्ला २ भाग अत्यन्तै कडा विषको रूपमा चिनिन्छन् तर तिनीहरू आफैँमा  स्वतन्त्र नभई अरू अणुसँग आबद्ध हुने हुनाले शरीरका सामान्य स्वस्थ कोषिकालाई कुनै हानी नगरी पिसाबको बाटोबाट सुरक्षित निष्कासन हुन्छन्। तर क्यान्सर कोषिकाहरूमा मात्रै बिटा ग्लुकोसाइडेज भन्ने इन्जाइम हुन्छ जो साधारण कोषिकाहरूमा हुँदैन र यसैले नै अरू अङ्गसँग बाँधिएर रहेका माथि उल्लेखित विषहरूलाई फुकुवा वा मुक्त गरी त्यसबाट आफैँलाई मार्ने काम गर्दछ।

यसको प्रयोगबाट ज्यादा चिरफार (सर्जरी) जलन (रेडियोथेरापी) र विषाक्तता (केमो)मा नपरेका जुनसुकै चरणका क्यान्सर रोगीका लागि सयौँ क्लिनिकहरूले शत प्रतिशत सफलताका साथ उपचार गरिरहेका छन्। कैयौँ विश्व प्रसिद्ध चिकित्सक, जीव रसायनविद तथा अनुसन्धाताहरूले प्रोटियोलाइटिक इन्जाइमसँग खुर्पानीको सेवनले पूर्ण सफलतामा  ढुक्क हुन सकिने बताउँछन्। त्यसैले कतिपय चिकित्सकले यसलाई भिटामिन बी र अरू डाईजेस्टिभ इन्जाइमसँग मिसाएर चलाउने गरेको  र कलेजोमा जम्मा भएको विषाक्तता निर्विषिकरण गर्न कफीको एनेमा (गुदद्वारवाट कफीको घोल भित्र पठाउने विधि) सिफारिस गर्दछन्। हामीलाई यो भन्दा  शरीरबाट विष र मैला हटाउन चुकन्दर (Beetroot) नै अचुक उपाय हुन सक्छ। एप्रिकट एक्लैले पनि प्रभावकारी नतिजा दिने भए पनि स्वस्थ आहारविहार र जीवनशैली अपनाउँदै यसलाई बिहान बेलुका खाली पेटमा आधा घण्टाको कपालभाती प्रणायाम र २० मिनेटको ध्यानसँग जोड्न सकियो भने परिणाममा सुनिश्चितता र गुणात्मकताको वृद्धि हुन्छ। आयुर्वेदमा घिउकुमारी, गिलोय घनवटी (गानेगुर्जो) र  डेन्डिलियनको जरा पनि क्यान्सरमा त्यतिकै राम्रो औषधिको रूपमा चिनिन्छन् जसको सेवन फलदायी नै हुन्छ। खानामा कोदो ,फापर, काँचो लसुन, काउली, मसुरो, राजमा, केराउ, ग्रिन टी, हरिया सागसब्जी जस्ता कतिपय एन्टिअक्सिडेन्ट खाद्य तथा तरकारी क्यान्सरमा बढी उपयोगी पाइएका छन्। तर हेक्का रहोस्, मिटामिन बी १७ लाई हाम्रा स्वस्थ कोषिकामा हुने रोडानेसले निष्क्रिय बनाई दिने हुनाले खुर्पानी क्यान्सर कोषिकामा पुग्‍ने गरी मात्रा पुऱ्याएर खान अनिवार्य छ। रोकथाम र स्थिरताका लागि बाहिरको ठूलो दाना भए दैनिक ७ वटा र स्थानीय सानो दाना भए १२ दाना पर्याप्त हुन्छ भने उपचारको हकमा  त्यसको ३ गुणा बढी दाना दिनमा ३ मात्रामा बाँडेर लिनु  अनिवार्य हुन्छ। कहीँकहीँ दिनभरिमा ३० दाना र कहीँ प्रति १० पाउन्ड १ दानाको हिसाबले शरीरको तौलको आधारमा मात्रा निर्धारण गर्ने फरकफरक मापदण्ड पनि अपनाएको पाईन्छ। खाली पेटमा खुर्पानीले वाकवाकी र कसैकसैलाई रिङ्गटा लाग्‍ने लक्षण देखा पर्ने हुँदा खानापछि मात्र यसलाई लिन र एकैपटक धेरै खुर्पानी नखाने तर्फ सतर्क हुन उचित हुन्छ। अझ विचारणीय के छ भने रेडिएसन वा केमो चालुरहेका विरामीले खुर्पानी पनि सँगसँगै लिन सक्ने भए पनि रेडिएसन वा केमोको चक्र पूरा नगरी बीचैमा छाड्ने गम्भीर भुल चाहिँ  किमार्थ गर्नु हुँदैन। क्यान्सरको कोषिकाले अक्सिजन नभएर ग्लुकोजबाट शक्ति प्राप्त गरी फैलिने भएकोले कुनै पनि रूपमा चिनी अथवा गुलिया बस्तुहरूमा कडाईका साथ र सकेसम्म बढी गुलिया फलफूल समेतमा परहेज गर्न जरुरी छ। प्रचुर कार्बोहाईड्रेड हुने मैदाका पकवान, दूध र दूग्धपदार्थ तथा रातो मासु समेत क्यान्सरमा निसिद्ध मानिएका छन्। अहिले चक्की र झोल औषधिको रूपमा लेटराइल बजारमा आईसके पनि धेरैको रोजाई आवश्यक इन्जाइम सहितको प्राकृतिक फल नै हुनु सर्वथा उचित हो। भित्री गेडा तीतो हुने यस्तो खुर्पानी हाम्रो मु्स्ताङ्ग र अरू केही हिमाली जिल्लामा पाइने भएता पनि किसानहरूमा सङ्ग्रह गर्ने ज्ञान नहुँदा  र बेमौसमको कारणले समेत तत्कालका लागि मागलाई धान्ने गरी आपूर्तिमा समस्या हुन सक्दछ। तसर्थ इन्टरनेट सर्च गरी विश्वका विभिन्न मुलुकबाट खुर्पानीको अन्तर्राष्ट्रिय कारोबार गर्ने व्यापारिक फर्मबाट कुनै पनि बखत चाहेजति ताजा खुर्पानी मगाउने विकल्प भने सधैँ खुला रहन्छ।

तर लोक कल्याणकारी राज्यको दुहाई दिने र आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने सं.रा. अमेरिकामा यस्तो जीवनदायिनी औषधी खुर्पानीको प्रयोग र तत्सम्बन्धी सुचना सञ्चारमाथि १९७१ देखि एफ.डि.ए. द्वारा तगडा प्रतिबन्ध लागेको छ र कैयौँ लोकोपकारी चिकित्साकर्मी, सत्यलाई उजागर गर्ने लेखक, प्रचारप्रसार गर्ने र यसको प्रयोगबाट आफूलाई क्यान्सरमुक्त गर्ने व्यक्ति समेतलाई अपराधीसरह व्यवहार गर्दे सताउने, दुःख दिने, अदालतको अवहेलनाको नाममा जेलमा सडाउने र हत्या गराउने सम्मका कार्यवाही हुँदै आएका छन्। यस प्रकार सूचनाको हकलाई बलात् अपहरण गरी वास्तविकतामा पर्दा हाल्ने अमेरिकी कदमले औषधि माफियाको त्यहाँको न्यायप्रणाली माथि कतिसम्म पकड रहेछ भन्ने कुरा उजागर गरेको छ। यस्तो सरल, अत्यन्तै प्रभावकारी र सबैको पहुँच पुग्‍ने उपचार विधि प्रचारमा आएमा अहिले २०० खर्ब डलर वार्षिक कारोवार गर्ने केमोको एकाधिकार प्राप्त रकफेलर जस्ता फर्मा कम्पनी र औषधि व्यवसायीहरू बिलाएर जाने कुरा स्वतःसिद्ध छ। फेरि लेटराईल कुनै प्रयोगशालामा रासायनिक रूपले उत्पादन हुने नभई प्रकृतिमा उपलब्ध खाद्य बस्तुबाट सोझै लिन सकिने बस्तु भएकोले कुनै फर्मास्युटिकलले यसमा पेटेन्ट हासिल गरी मुनाफा लिने गुञ्जाइस पनि रहँदैन। यस्ता मुद्राराक्षसको प्रथमिकता आम जनताको स्वास्थ्य नभएर मुद्रा हुने हुनाले उनीहरूले सर्वसाधारणमा यसको सत्य तथ्य जानकारी र वैकल्पिक बाटोबाट क्यान्सरको उपचार भएको निश्चित रूपले देख्‍न चाहँदैनन्। यसैले तमाम मेडिकल जर्नलहरू औषधि माफियाका मुखपत्र जस्तै बनेका छन् र सञ्चार माध्यमहरू उनीहरूकै प्रायोजित समाचारले भरिपूर्ण छन्। अमेरिकी औषधि सुरक्षा मापदण्ड एल.डि.५० कायम भएकोले यो मानक भन्दा तलका सबै औषधिलाई एफ.डि.ए. ले मान्यता र स्वीकृति दिनु पर्नेमा एस्पिरिन भन्दा २१ गुणा सुरक्षित र हामीले दैनिक उपभोग गर्दै आएको चिनीभन्दा पनि कम विषालु प्रमाणित भएको खुर्पानीलाई विषालु भन्दै प्रतिबन्ध लगाउनु आफैँमा हास्यास्पद देखिएको छ जबकि त्यही देशमा अन्धोपन, मूर्च्छा, चिन्ता, अवसाद, स्मृतिलोप, जन्मजात अपाङ्गता तथा मुत्युसम्मको कारक बन्न सक्ने एस्पर्टिन  जस्तो स्नायविक विषलाई १९७४ देखि कैयौँ खाद्यपदार्थमा प्रयोग गर्न त्यही नियमनकारी  निकायद्वारा अनुमतिसहित खुला छूट दिइँदै आएको छ। तर सबै जनालाई सधैँ मूर्ख बनाउन सम्भव छैन र  उनीहरूको यो दुश्प्रचार एक दिन हारको लडाइँ साबित हुने निश्चित छ। अन्तमा सस्तो, सरल र प्रभावकारी विकल्प उपलब्ध हुँदाहुँदै स्वास्थ्य र सम्पति रित्याउने विषाक्त, ज्यादै कष्टसाध्य र असफलताको बाटो किन रोज्‍ने ? आगे तपाईको मर्जी !

स्मरण रहोस्, यो आलेख सूचना प्रवाहका लागि मात्र भएकाले कुनै पनि मेडिको–लिगल प्रयोजनको लागि आधार बन्न सक्ने छैन।