चीनको वुहानमा लगाइएको ६१ दिनपछि खुल्दै ‘लकडाउन’ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

चीनको वुहानमा लगाइएको ६१ दिनपछि खुल्दै ‘लकडाउन’



एजेन्सी- कोरोना भाइरसको उद्गमस्थल भनिएको चीनको वुहानमा ‘लकडाउन’ खुलाइने भएको छ ।

कोरोना भाइरस रोकथामका लागि लगाइएको ‘लकडाउन’ ६१ दिनपछि खुलाइने भएको हो।

चीनको हुवेइ प्रान्तको वुहान सहर गत जनवरी २३ मा लकडाउन भएको थियो । आज मार्च २४ मा चिनियाँ अधिकारीहरुले लकडाउन खुलाउने भएका हुन् ।

हुबेइको प्रान्तीय सरकारले यही मंगलबार लकडाउन खुलाउने घोषणा गरेको हो । आगामी अप्रिल ८ देखि सहरको दैनिकी नियमित बन्नेछ ।

पछिल्लो समय वुहानमा कोरोना भाइरसका कारण मृत्युका घटना रोकिएका थिए । तर सोमबार एकजना संक्रमित भेटिएका छन् ।

कोरोना भाइरस पहिलो पटक चीनको वुहान सहरमै भेटिएको थियो । जुन हालसम्म संसारका १ सय ८९ देशमा महामारीको रुपमा फैलिसकेको छ ।

१६ हजारको मृत्यु हुनुका साथै ३ लाख ८१ हजार संक्रमित छन् ।