फेरि सङ्क्रमण फैलिएपछि वुहानमा एक करोड १० लाख मानिसको परिक्षण गर्ने तयारी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

फेरि सङ्क्रमण फैलिएपछि वुहानमा एक करोड १० लाख मानिसको परिक्षण गर्ने तयारी



एजेन्सी- कोरोना भाइरसको उद्गम थलो चीनको वुहानले शहरका सबै बासिन्दामा कोरोना भाइरस रहे नरहेको थाहा पाउनका लागि परीक्षण गर्ने महत्वकांक्षी योजना ल्याएको छ ।

वुहानका एक करोड १० लाख मानिसको परीक्षण १० दिनभित्र गरिसक्ने योजना बनाएको चीनको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

यो योजना प्रारम्भिक चरणमा रहेको छ । हाल वुहानका सबै जिल्लाहरुलाई १० दिनभित्र परीक्षण गर्ने सम्बन्धमा विस्तृत योजनासहितको विवरण पठाउन आग्रह गरिएको समाचारमा उल्लेख छ ।

वुहानमा यो साप्ताहन्त ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि सबै बासिन्दाको परीक्षण गर्ने योजना ल्याइएको हो । वुहानमा अप्रिल ३ यता पहिलो पटक संक्रमण देखिएको हो ।

११ हप्तासम्म कडा लकडाउनमा रहेको वुहान शहर गएको अप्रिल ८ पछि खुल्न थालेको थियो । विद्यालयहरु खुल्ने, व्यवसाय सञ्चालन हुने गरेपछि जनजीवन सामान्य अवस्थामा फर्किएको जस्तो ठानिएको थियो ।

तर नयाँ संक्रमण देखिएसँगै फेरि चिन्ता थपिएको छ । हरेक जिल्लालाई परीक्षणको आफ्नै योजना बनाउन भनिएको र १० दिनमा सबैको परीक्षण सक्ने तयारी थालिएको खबरमा उल्लेख छ ।