नेकपालाई राष्ट्रपति सीको सन्देश: सत्ता कब्जा गरेर जनताको मन जित्न सकिन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेकपालाई राष्ट्रपति सीको सन्देश: सत्ता कब्जा गरेर जनताको मन जित्न सकिन्न



काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङले नेकपाका नेताहरूलाई सट्टा कब्जा गरेर जनताको मन जित्न नसकिने सन्देश दिएका छन् ।

उनले निरन्तर जनताको सेवा गरेकोले चिनियाँ कम्युनिष्ट पार्टीले चीनमा शासन गर्न सकेको पनि बताएका छन् । सत्तारुढ नेकपाका शीर्ष नेताहरुसँगको भेटमा राष्ट्रपति सीले यस्तो बताएका हुन् ।

‘चिकपाले चीनमा शासन गर्न सकेको क्रान्ति गर्दा एकचोटी सत्ता कब्जा गरेको आधारमा होइन, निरन्तर जनसेवा गरेर जनताको समर्थन पाएकाले हो’, सीले भनेका छन् ।

‘शासन सञ्चालन गर्न कम्युनिष्ट पार्टीले पहिले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्ने आफ्नो अनुभव राष्ट्रपति सी ले सुनाउनुभयो’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उल्लेख गरेका छन् ।