तपाइँ yahoo चलाउनु हुन्छ,पासवर्ड तुरुन्त फेर्नुहोस् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तपाइँ yahoo चलाउनु हुन्छ,पासवर्ड तुरुन्त फेर्नुहोस्



चर्चित इमेल सेवा प्रदायक याहुले आफ्ना ५० करोड भन्दा बढि प्रयोगकर्ताका अकाउन्टहरू ह्याक भएको सार्वजनिक गरेको छ । ह्याकरले प्रयोगकर्ताका इमेल ठेगाना, पासवर्ड, सेकुरिटी प्रश्न उत्तर लगायतका संवेदनशिल सूचना चोरी गरेको जनाइएको छ ।

झन्डै मासिक २५ करोड सक्रिय इमेल प्रयोगकर्ता भएको याहु कम्पनीका लागि मात्र नभएर यति ठुलो डेटा चोरी इन्टरनेट दुनियाँकै लागि एउटा ‘ऐतिहासिक झड्का’ हो । अमेरिकी इन्टरनेट जाइन्ट याहुले प्रेस विज्ञप्ती मार्फत यो आक्रमणलाई ‘देशको प्रायोजनमा भएको आक्रमण’ भनेको छ । तर कुन देशले यस्तो आक्रमण गर्यो भन्ने चाँही खुलाएको छैन् ।

ह्याकरले याहुमा सन २०१४ मा आक्रमण गरेको रहस्य याहुले विहिबार मात्रै सार्वजनिक गरेको हो । पछिल्लो समय प्रतिश्पर्धी कम्पनीसँगको दौडमा पछाडी पर्दै गएको याहुलाई छिट्टै भेरिजोन कम्पनीले खरिद गर्दै छ । यो घटनाको असर कतै याहु बिक्रीमा पर्ने हो कि भन्ने चिन्ता पनि देखिएको छ ।

पासवर्ड फेरी हाल्नुस्

याहुले आफ्ना प्रयोगकर्तालाई तुरुन्त पासवर्ड फेर्न प्रेश विज्ञप्ति मार्फत आग्रह गरेको छ । यस्तो आग्रह उसले इमेल मार्फत पनि गर्दै छ । सन २०१४ यता याहुको पासवर्ड फेर्नु भएको छैन भने अहिले नै फेरि हाल्नुहोस् ।

पासवर्ड सुरक्षाका लागि याहुले ‘बिक्रिप्ट’ नामको सुरक्षा टुल प्रयोग गर्दै आएको भएपनि ह्याकरले यसलाई सजिलै बुझ्न सक्ने इन्टरनेट सुरक्षा विज्ञहरूले सचेत गराएका छन् ।

याहुकै आलोचना

यति ठुलो घटनालाई किन यति ढिलो सार्वजनिक गरियो भनेर याहूको जताततैबाट आलोचना भएको छ । याहुले आफ्ना प्रयोगकर्तालाई बेलैमा सूचित नगराएर आफैले विश्वास गुम्न सक्ने काम गरेको विष्लेषकहरूको तर्क छ । ‘देशले प्रायोजन गरेको ‘ भनेको के हो प्रस्ट पारिनु पर्छ भन्छन् बिबिसी प्रविधी सम्वाददाता डेब लि ।

किल्लिक मान्डु