चर्चित र्‍यापर यम बुद्धको जन्म तिथीमा अष्ट्रेलियाको सिड्नीमा ‘द यम नाइट’ हुने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चर्चित र्‍यापर यम बुद्धको जन्म तिथीमा अष्ट्रेलियाको सिड्नीमा ‘द यम नाइट’ हुने



अष्ट्रेलिया, ८ जेठ

गत फागुन अन्तिममा निधन भएका चर्चित र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को जन्मदिनको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा सांगीतिक कार्यक्रम हुने भएको छ। मे ३० तारिकका दिन जन्मेका गायक यम बुद्धको सम्झनामा आउँदो मे ३० तारिकका दिन सिड्नीको मेट्रो थिएटरमा ‘द यम नाइट’ नामक सांगितीक कार्यक्रम हुने भएको हो।

नेपाल रिपोर्ट्सको आयोजनामा हुन लागेको सो कार्यक्रममा नेपालका पहिलो र्यापर गिरीश खतिवडा (गोर्खाली जी), नेपालका पहिलो बिट–बक्सर निशान्त गौचन, चर्चित युवा र्यापर युनिक पोएट, साकार अधिकारी लगायतको मुख्य प्रस्तुति रहने छ।

अष्ट्रेलियाको स्थानीय हिपहप ब्याण्डले यमबुद्धका चर्चित गीतहरुमा धुन प्रस्तुत गर्नेछ। मेलबर्नका चर्चित डिजे मिस्टा र सिड्नीका चर्चित डिजे सोमनले उल्ट अस्ट्रेलियन ब्यान्डलाई सघाउनेछन्।

‘से नो टु सुसाइड, से यस टु लाइफ’ नारा दिइ प्रवासमा रहेका नेपाली युवाहरुमा जिन्दगीप्रति सकारात्मक सोच वृद्धि गराउने उद्देश्यले सांगीतिक कार्यक्रम राखिएको जनाएको छ।

कार्यक्रममा र्यायाप ब्याटल, बि–बोइङ, स्ल्याम पोएट्री लगायत हिपहपका अन्य विधाका प्रस्तुति पनि राखिएको छ । कार्यक्रममा बाबा एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन एवं ग्लोबल कन्सल्ट र रेस्ट ग्रुपको सह–प्रायोजन हुनेछ ।

गायक यम बुद्धले भौतिक शरीर अन्त्यको बाटो आफैंले रोजे जस्तै प्रवासमा रहेका युवाले त्यसो नगरुन् भन्ने सन्देश फैलाउन विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ । कार्यशालाहरुमा नेपाल रिपोर्ट्सका कार्यक्रम निर्माता तथा लोकप्रिय कार्यक्रम ‘योङ एचिभर्स’ का सञ्चालक रन जेरेमीको संयोजकत्वमा विविध प्रतिभा प्रष्फुटन अभियान सञ्चालन हुँदै आएको छ ।

गयक यम बुद्धको गत फागुन अन्तिममा लन्डनमा निधन भएको हो । २९ बर्षीय गायक यम बुद्ध साउथह्यारो स्थित घरको आफ्नै बाथरुममा झुण्डिएको अबस्थामा भेटिएका थिए ।