यमबुद्धको सम्झनामा सोमबार साँझ एम.आर.आरद्वारा बुटवलको राजामार्ग चौराहमा दीप प्रज्वलन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

यमबुद्धको सम्झनामा सोमबार साँझ एम.आर.आरद्वारा बुटवलको राजामार्ग चौराहमा दीप प्रज्वलन



हिमाल पोस्ट /बुटवल माघ ३ 

नेपाली –र्‍याप सङ्गीतको क्षेत्रमा आफूलाई स्थापित बनाएर लाखौँ श्रोताको मन जितेका यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा सोमबार साझ राजामार्ग चौराहमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।

उनको आत्महत्या भएको खबर बाहिर आएपछि उनका शुभचिन्तकहरु शोकाकुल भइरहेको बेला बुटबलको राजमार्ग चौराहमा मेन्स रुम रिलोडेड (एमआरआर)को आयोजनामा दीप प्रज्वलन गरिएको हो।

लण्डनमा बसोबास गर्दै आएका उनी शुक्रवार साँझ कामबाट घर फर्किएका र शनिवार बिहान करिब ३ बजे बाथरुममा मृत अवस्थामा फेला परेको परिवारिक स्रोतले बताएको थियो यद्यपि उनको मृत्युको कारण नखुलेको र पोस्टमार्टमका लागि सब अस्पतालमा राखिएको छ ।

उक्त कार्यक्रममा बोल्दै एमआरआर बुटवलका संयोजक सोभित खनालले यमाबुद्धले सधैँ सामाजिक बिसङ्गतीको विरुद्धमा गीत गाएको बताए। उनले युवा पुस्तामा बढ्दै आइरहेको विकृति को बारेमा र अरूको मनोबल उच्च बनाउन प्रेरित गर्ने खालका सन्देश मूलक गीत गाउने एक होनहार कलाकारले आत्महत्या गरेको सुन्दा आफूलाई अप्रत्याशित लागेको बताए।

यस्तै कार्यक्रममा सहभागीहरुले आफ्नो मन्तव्य राख्दै आत्महत्या गर्नु कायरता भएको तर नेपाली र्‍याप सङ्गीतको दुनियामा उनको जति प्रतिभा अरूमा नभएको कुरालाई स्पष्ट पारे। उनको आत्मा शान्तिको लागि एक मिनेट मौनधारण तथा राजमार्ग चौराहमा प्ले कार्ड प्रदर्शन पनि परिएको थियो