यस पालिको चुनावमा इस तलाई भोट (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यस पालिको चुनावमा इस तलाई भोट (भिडियो सहित)



काठमाडौ । मतदातासँग मत लिएर जितिसकेपछि तिनै मतदातालाई बेवास्ता गर्ने प्रवृती विरुद्ध आक्रोश व्यक्त गर्दै गाइएको चुनावी गीत ‘ इस तलाई भोट ‘ सार्वजनिक भएको छ । म्युजिक भिडियो समेत बनाइएको गीत र्‍यापको शैलीमा गाइएको छ ।

सबिन भट्टराईद्धारा रचित गीतमा उनलाई झुमा निरौलालाई साथ दिएकी छिन । गीतमा संगीत भने भुगोल दाहालले दिएका छन् ।

गीतमा भोट मागेर जनताका लागि काम नगरेका वैगुनी नेताको उछितो काडिएको छ । साथै त्यस्ता नेताप्रति गायकले आक्रोस समेत पोखेका छन् । किन गीतमा यति धेरै निराश भएर नेताहरुको बिरोध गरेको भन्ने प्रश्नमा लेखक तथा गायक भट्टराईले नेताको कारण जनतामा नैराश्यता छाएकोले नेतालाई सचेत गाराउन यो गीत गाएको बताए । उनले आफू मतदान बिरोधी चाँही नभएको तर मत हालेका जनतालाई नेताले भुलेका कारण यो गीत गाएर सचेत गराएको बताए । उनले बुधबार युट्युव मार्फत गीत सार्वजनिक गरेका छन् ।

इलाम मंगलबारेका गायक सबिन र झुमा श्रीमान श्रीमती समेत हुन् । झुमा पूर्वी नेपालमा चलेकी कलाकार समेत हुन । सबिन भने यस क्षेत्रमा भर्खर भित्रिएका कलाकार हुन् । झुमाले केही दिन अघि मात्र “सरगम” नामको क्यासेट बजारमा ल्याएकी छिन् ।