यसकारण भोलि नै दिल्ली आउदै भट्टराई ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

यसकारण भोलि नै दिल्ली आउदै भट्टराई !



अर्जुन खनाल /नयाँ दिल्ली फागुन ३०

पुर्व प्रधानमन्त्री एवम् नयाँ  शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई भोलि नै दिल्ली आउने कार्यक्रम रहेको छ ।उनि  चैत ७ गतेसम्मको लागि आउन लागेका  हुन् ।

उनि चैत्र २,३ र ४ गते दिल्लीमा भेटघाटको कार्यक्रम रहेको अन्तर्राष्ट्रिय नेपाली बिद्यार्थी समाजका संयोजक बादल बस्नेतले जनाकारी दिएका छन् ।

चैत्र ५ र ६  गते भने भट्टराई अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा राखिएको बृहत राजनैतिक धुर्विकृत  कार्यक्रमको गोवामा सम्बोधन गर्ने छन् साथै चैत्र ६ गते अपरान्ह १२ बजे कार्यक्रम आयोजाना हुने  लोकेन्द्र सेर्पालीले हिमाल पोस्टलाई जनाकारी गराउनु भएको छ।सो कार्यक्रममा नयाँ शक्ति कै प्रवास प्रादेशिक संयोजक नवराज सुवेदी र  अर्का केन्द्रीय कार्यसमिति सदस्य डाक्टर प्रविन मिश्रको पनि विशेष उपस्थिति हुने बताईएको छ ।

चैत्र  ७ गते भने अन्तर्राष्ट्रिय नेपाली समाजको दिल्लीमा कार्यक्रम हुने छ ।