यसरी हराउँदै गएको छ तिहारको मौलिकता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यसरी हराउँदै गएको छ तिहारको मौलिकता



प्रेमबहादुर शाही

हिन्दु धर्मालम्वीहरुको दोस्रो ठूलो चाड तिहार हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट अपभ्रंश हुँदै तिहार भनिदै आएको धर्मशास्त्रमा पौराणिक कथन छ । सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएका र यमुनाको व्यवहारले निकै प्रसन्न भई तिमीलाई जे मन लाग्छ त्यही वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, दुबैको प्रेम सदा अटल, कीर्तिसदा र वृद्धिहोस भन्ने वरदान मागेपछि यमराजले पनि तथास्तु भनि सधै उन्नति हुने तथा कीर्ती पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भएको भनाई छ ।

तिहारको चौथो दिन गोरु तिहार मनाईन्छ, कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गरेका थिए र तिहार पाँचौ दिन अर्थात भाईटीका भनिन्छ । यसलाई कार्तिक शुक्ल द्वितीया तिथिका दिन विशेष उत्साहका साथ मनाइन्छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गर्ने गरिन्छ ।आज तिहार नेपालमा मात्र नभएर दक्षिण एसियाका भारत, भुटान र बर्माका साथै संसारभर छरिएर रहेका नेपालीहरुले मनाउने गर्दछन । तिहारको पहिलो दिन काग तिहार मनाईन्छ ।
काग सर्वभक्षी प्राणी भएकाले सबैलाई समान दृष्टिले हेर्ने गर्दछ । तिहारको दोस्रो दिन कुकुर तिहार मनाईन्छ, कुकुर यमराजको अर्को प्रियभक्तका रुपमा लिई आज्ञापालक एवं रक्षकको रुपमा हेर्ने गरिन्छ । तिहारको तेस्रो दिनमा गाई तिहार मनाईन्छ, गाईको गोबरले घर, आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर कोठा चोटा पवित्र तुल्याउने गरिन्छ ।

प्राचीनकालदेखि मनाईदै आइएको तिहारको महत्वलाई आधुनिक पुस्ताले भुल्दैं गएको देखिन्छ । पुरानो चालचलन, रितिरिवा र त्यसको महत्वलाई बुझ्न सकेका छैनौं । तिहारमा ठूल–ठूला विकृति र विसंगति भित्रिएका छन् । जसले गर्दा तिहारको प्रत्येक वर्ष महत्व घट्दै गएको छ ।

तिहारको लागि प्रयोग गरिने टीका, माला र खानेकुराहरु बनावटी मात्र रहेका छन । प्राकृतिक वरदारको रुपमा पाईएका ओखर, कटुस, बदाम आदी जस्ता फलको सट्टामा चकलेट, विस्कृत आदी प्रयोग गरिने गरिएको छ ।

घर आगन फूलहरु फूलि ढपक्क ढाकेका हुन्थे भने आजभोलि प्लास्किको फूलका माला प्रयोग गरिने गरिएको छ । यसले हाम्रो मौलिकतालाई विसाएको मात्र छैन स्वास्थ्यलाई पनि ठूलो हानि पुर्याउने गरेको छ । जसले तिहाको पौराणिक महत्वका घटाउँदै गएको छ । नक्कली सामाग्रीको बिग–बिगी प्रत्येक वर्ष बढ्दैं गएको छ । त्यसलाई निमूल गर्नको लागि कुनै पक्षबाट पहल गर्न सकिएको छैन ।

तिहारको लागि भन्दै बाहिरी देशबाट लाखौं फूलका मालाहरु भित्रिने गरिएका छन । घर आगन बारीमा फूलेका फूलहरुको आत्मीयता जोडिएको थियो भने अहिले ती सवै छुटेका छन । देउसी भैलोकोमा गाइने गीतमा पनि धेरै मौलिकतालाई विर्सिदैं आधुनिकता छाएको छ । बजारमा आएका गीतहरु डेकको माद्यमबाट नाँचगान गर्ने गरिन्छ ।
घरमा दियो वालि पूजा पाठ गरिन्थ्यो भने अहिले वत्तीहरुले झिलीमिली पारीने गरिएको छ । तिहारको नाम लिई लाखौ रुपैयाँहरु जुवा तास र धुप्रपान तथा मध्यपानमा खर्चिने गरिएको छ ।

भनिन्छ ‘रगतको नाताभन्दा भावनाको नाता बलियो हुन्छ ।’ तर त्यहि नाता वर्षको एक पटक तिहारको दिनमा थाहाँ हुन्छ । कति वलियो छ, कति कमजोर छ भनेर ? बुबा आमाको कोखबाट छोरोको जन्म नभई छोरीको मात्र जन्म हुन्छ, अर्थात छोरीको जन्म नभई छोराको मात्र जन्म हुन्छ उसैलाई मात्र थाहा हुन्छ दाजुभाई-दिदीबहिनाको महत्व के रहेछ भनेर ? अरुको घरमा दाजुभाई÷दिदीबहिनीले टीका, फूलको माला लाईरहँदा आफ्नो निधार र घाँटी खालि हुँदाको पीडा कस्तो होला ? यो मात्र हैन विभिन्न परिस्थितिले गर्दा घर छोडेर बाहिर भएका दाजुभाई÷दिदीबहिनीलाई तिहार सम्झनाले नराम्रोरी पिरोल्ने गर्दछ ।

आफू जन्मेको हुर्केको देशसँग छुट्टै नाता छ छर्दैछ तर विशेष गरी तिहारमात्र नभई अन्य सवै चाड पर्वहरु कहिल्यै पनि नआउनु भन्ने सोचेका हुन्छन । जब घर आँगन र बगैचाहरुमा धपक्क फूलेका फूलहरु देखिएका हुन्छ । त्यसपछि उनीहको मन भक्कानिएर आउँने गर्दछ । जीवनमा जति खुसी भएपनि उनीहरुको जीवन एक दिनको तिहारले ठूलै चोट पु¥याउँछ । जसको बयान गर्न यस पक्ति उल्लेख गर्नपनि सम्भव पनि छैन ।

हामी जति आधुनिक भए पनि हाम्रो अगाडी यस्तो अदृश्य शक्ति छ, जसलाई कसैले समाप्त गर्न कहिल्यै सक्दैन । त्यहि शक्तिसँग जोडिएर आएको छ, हाम्रो कला संस्कृति, रितिरिवाज, चाल चलना र चाड पर्व । यीनीहरु कसैको लागि राम्रो अर्थात कसैको लागि नराम्रो भएपनि हामी सामाजिक प्रणाली भएकाले समाजभन्दा बाहिर गएर बाँच्च सक्दैनौं ।

तिनीहरुलाई न माया गरेर सम्झि रहन सकिन्छ, न त घृणा गरेर सदाको लागि विर्सीन सकिन्छ । त्यसैले हामीहरु जहाँ जे जस्तो अवस्थामा रहेपनि त्यहि भब्य, सब्य र उल्लासका साथ यो वर्षको तिहार मनाउँ भन्दै वि।स। २०७३ सालको शुभ दीपावलीले सवैमा सुख, शान्ति, समुद्धि र सु–स्वास्थ्य एवं दिर्घायुसँगै उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु ।

लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन