यस्तो पो सरकार: महामारीमा अस्ट्रेलिया सरकारको अर्को उत्कृष्ट काम - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यस्तो पो सरकार: महामारीमा अस्ट्रेलिया सरकारको अर्को उत्कृष्ट काम



एजेन्सी- कोरोना महामारी फैलिन नदिएर संसारभर चर्चा कमाएको अस्ट्रेलिया सरकारले गरेको अर्को निर्णयको पनि जनताले तारिफ गरेका छन् । त्यतिमात्र होइन सरकारको यो कसमको सर्वत्र चर्चा समेत भैरहेको छ ।

सरकारले अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुलाई जनताको घर घरमा गएर कोरोना परीक्षण गर्न पठाउने भएको छ । यसरी घरघरमै पुगेर गरिने परिक्षण पनि सवै निःशुल्क हुनछन ।

कोरोनाभाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो ।

अष्ट्रेलियाकै लागि चुनौतीपूर्ण मानिएको क्षेत्रमा मानिसलाई निवासमै गएर परीक्षण गरेर सङ्क्रमण नियन्त्रण गर्ने प्रयास गर्न लागिएको अधिकारीहरुको भनाइ छ ।

कोरोनाभाइरसले उत्पन्न गरेको महामारी नियन्त्रण गर्न मेलबर्न क्षेत्र अष्ट्रेलियाकै लागि सवैभन्दा बढी चुनौतीपुर्ण क्षेत्र मानिएको छ ।

भिक्टोरिया राज्यभरीमा बिहीबार ३३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । अष्ट्रेलियामा तीन महिनाबीचमा यति धेरै सङ्क्रमित एकै दिनमा भेटिएको यो पहिलो पटक हो ।

परीक्षण कार्यमा सम्लग्न भएका प्रिमियर ड्यानियल एन्डु«जले दैनिक दश हजार जनाको कोरोना परीक्षण गरिने योजना रहेको जानकारी दिए । उनले यही दरमा कोरोना परीक्षणको कार्य दश दिनसम्म जारी रहेने पनि बताए ।

परीक्षण सवै निःशुल्क गरिने छ भने नागरिकप्रतिको दायित्वको रूपमा यो परीक्षणलाई लिइएको छ ।

परीक्षण कार्यमा सम्लग्न भएका स्वास्थ्यकर्मीहरुलाई झण्डै एक हजार सैन्य अधिकारीहरुले समेत सघाउने जनाइएको छ ।

अष्ट्रेलियामा अहिलेसम्म कोरोनाभाइरसबाट कूल सङ्क्रमितको सङ्ख्या सात हजार ५०० रहेको छ भने कोरोनाका कारण १०४ जनाको मृत्यु भएको छ ।