क्याप्टेन केसीले उडाएको ६८ जना बोकेको जहाज पोखरामा दुर्घटना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

क्याप्टेन केसीले उडाएको ६८ जना बोकेको जहाज पोखरामा दुर्घटना



काठमाडौं- यती एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटना भएको हो ।

यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको बताइएको छ । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ ।

जहाजमा लागेको आगो निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका एक कर्मचारीले जानकारी दिए । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।