संस्थान डुबाऊने प्रयासः निगमको बोर्डमा यती समूहका सञ्चालक « Himal Post | Online News Revolution
Logo

संस्थान डुबाऊने प्रयासः निगमको बोर्डमा यती समूहका सञ्चालक



काठमाडौं । अव्यवस्था र ऋणले थला परेको नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा सरकारले यती समूहका व्यक्तिलाई नियुक्त गरेको छ ।

आन्तरिक रूपमा यती एयर र अन्तर्राष्ट्रिय उडानमा हिमालय एयरको रूपमा प्रतिस्पर्धा गरिरहेको कम्पनीकै प्रतिनिधिलाई नै निगमको बोर्डमा नियुक्त गरेको छ ।

नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नियुक्त फुर्वाग्याल्जेन शेर्पा यती समूहबाट सञ्चालित हेलिकोप्टर कम्पनी अल्टिच्युड एयरका अध्यक्ष हुन् ।

शेर्पासँगै सरकारले अर्का व्यवसायी डिमप्रकाश पौडेललाई पनि बोर्डमा लगेको छ । ऋणमा डुब्दै आएको संस्थालाई उद्धार गर्नेभन्दा पनि निगमलाई कसरी कमजोर बनाउने भन्ने षड्यन्त्र हुँदै आएकोमा निगमकै कर्मचारी चिन्तित छन् ।

‘एउटै क्षेत्रको प्रतिस्पर्धी कम्पनीको सञ्चालकलाई सार्वजनिक संस्थानको सञ्चालक समितिमा राख्नु ठूलो भ्रष्टाचार हो, सरकारको लगानीमा चलेको निगम डुबाउने खेल हो,’ निगमका एक अधिकारीले भने, ‘निगमको साख दाउमा राखेर यतीका प्रतिनिधिलाई बोर्डमा राख्ने खेल हुँदै आएको छ, यसअघि पनि यही सरकारले अल्टिच्युट एयरकै प्रबन्ध–निर्देशक निमानुरु शेर्पालाई बोर्डमा नियुक्त गरेको थियो ।’

यती समूहको आन्तरिकतर्फ यती एयरलाइन्स, तारा एयर र अन्तर्राष्ट्रियतर्फ हिमालय एयरलाइन्स सञ्चालनमा रहेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ