वाईसीएलको तयारी : एक बुथ सय युथ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

वाईसीएलको तयारी : एक बुथ सय युथ



काठमाडौं– 

माओवादी केन्द्रको भात्रृ संगठन वाईसीएल नेपालले आगामी निर्वाचनमा ‘एक बुथ सय युथ’ परिचालन गर्ने योजना बनाएको छ ।

देशका ६ हजार ७ सय ४३ वडामा एकैसाथ वडा सम्मेलन सम्पन्न गरी चुनावी अभियान थालेको वाईसीएलले देशैभर युवा परिचालन गर्ने निर्णय गरेको वाईसीएल प्रचार विभाग प्रमुख पुष्प ओलीले बताए ।

बाम गठबन्धनको पक्षमा रहेका दुई वटै युवा संगठन वाइसिएल नेपाल र एमाले निकट युवा संघ नेपालको शुक्रबार बसेको संयुक्त बैठकले निर्णय कार्यान्वयन गर्न गराउन विशेष निर्देशन समेत दिएको ओलीले बताए ।

संगठनका अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेशका सदस्य, केन्द्रीय विभागका सदस्य, जिल्ला अध्यक्ष सहितको ३ हजार १ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ ।

दुबै संगठनका अध्यक्षसहितको ११ सदस्यीय शीर्ष संयोजन समिति पनि गठन गरेको छ ।