वाइसिएलले एकताको राष्ट्रीय सम्मेलन गर्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

वाइसिएलले एकताको राष्ट्रीय सम्मेलन गर्ने



 हिमालपोष्ट/काठमाडौं, २० माघ ।

नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसिएल नेपालले आगामी वैशाख ९, १० र ११ गते एकताको राष्ट्रिय सम्मलेन गर्ने भएको छ ।

गत माघ १८ गते बसेको एकता प्रक्रियामा आएका ७ वटा युवा संगठनको एकता बैठकका निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय पेरिसडाँडामा आयोजीत पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।

वडा, गाउँपालिका, नगर, उपमहानगर तथा महानगरपालिकाका बैठक, भेला, तथा सम्मेलनहरु सम्पन्न गर्दै चैत्रको १५ भित्र जिल्ला सम्मेलनहरु सम्पन्न गरिसक्ने र चैत्र मसान्तासम्ममा प्रदेश सम्मेलन सम्पन्न गरिसक्ने वाईसियलको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकले नेप बहादुर कुवँर ‘विवेक’को संयोजकत्वमा वाइसिएल नेपाल, क्रान्तिकारी युथ लिग नेपाल, जनस्वयंमसेवक सुरक्षा दल नेपाल, युवा जनसुरक्षा वल, नेपाल गौरवशाली युवा संघ, क्रान्तिकारी युवा विङ नेपाल र अखिल नेपाल युवा युनियन गरी सात वटा युवा संगठनका सबै केन्द्रिय सदस्यहरु रहेको ३९९ सदस्यिय वाइसिएल नेपाल राष्ट्रिय एकता सम्मेलन संयोजन समिति बनाएको छ ।