वैशाखमा वाइसिएलले राष्ट्रिय सम्मेलन गर्ने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

वैशाखमा वाइसिएलले राष्ट्रिय सम्मेलन गर्ने



काठमाडौँ,  माघ १९

नेकपा (माओवादी)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिगले आगामी वैशाख ९ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । वाइसिएलको यहाँ सम्पन्न एकता बैठकले उक्त निर्णय गरेको वाइसिएलका नेता रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

एकता बैठकले नेपबहादुर कुँवरको संयोजकत्वमा ३९९ सदस्यीय केन्द्रीय सम्मेलन आयोजक समितिसमेत गठन गरेको छ । सम्मेलनले १५१ सदस्यीय केन्द्रीय समिति र १३ सदस्य नबढाई पदाधिकारी बनाउने र पदाधिकारीसहित केन्द्रीय समितिमा प्रत्यक्ष निर्वाचन गर्ने कार्यविधिसमेत बैठकले पारित गरेको छ ।

यस्तै बैठकले युवालाई सहज रुपमा रोजगारी प्रदान गर्न, तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुपर्नेलगायतका राजनीतिक एजेन्डासमेत पारित गरेको छ । रासस