निर्वाचन प्रचार प्रसार र मत परिणामलाई आफ्नो पक्षमा पार्ने एमालेको रणनीति - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

निर्वाचन प्रचार प्रसार र मत परिणामलाई आफ्नो पक्षमा पार्ने एमालेको रणनीति



पथरी, १८ जेठ

 

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको निर्वाचन प्रचार प्रसार र मत परिणामलाई आफ्नो पक्षमा पार्ने रणनीति निर्माण गर्दै नेकपा एमालेले विभिन्न उपसमिति तय गरेको छ । पार्टीका जिल्ला कमिटी सल्लाहकार सदस्य मोहन तुम्वापोको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति गठन गरेको छ ।

सचिवमा २ नम्बर क्षेत्रीय अध्यक्ष भगत थपलिया, सदस्यमा मोहनकुमार न्यौपाने, युवराज वास्कोटा, अर्जुन क्षेत्री, कुमार चाम्लिङ, कृष्णकुमारी विक, कृष्णकुमारी राई, टंकप्रसाद भण्डारी, जीवन खतिवडा, देवीमाया काफ्ले, पर्शुराम कटुवाल, मानप्रसाद लिम्बू, पोमप्रसाद दहाल, रमेश दहाल, पार्थबहादुर बुढाथोकी किशोर राई रहनु भएको छ ।

आर्थिक समितिमा अर्जुन क्षेत्री, चण्डीप्रसाद राई, भगतचन्द्र थपलिया, तुलसी ढकाल, मोहन तुम्वापो, विष्णु घिमिरे र दीपक बस्नेत रहनु भएको छ ।

भूपेन्द्र तिम्सिनाको संयोजकत्वमा सन्तोष राई, लोकबहादुर चौहान, भूमी पाठक, नविनजंग कार्की, जनक पोखरेल, गणेश राई, मनोज श्रेष्ठ, दीपेन्द्र तिम्सिना र विवेक न्यौपाने सदस्य रहेको सञ्चार तथा सूचना प्रविधि विभाग गठन भएको छ ।

त्यस्तै, नेकपा एमालेले नगर क्षेत्रको निर्वाचनको अवस्था अनुगमन गर्न एमाले १ नम्बर प्रदेश कमिटी सदस्य रामकुमार बस्नेत र २ नम्बर क्षेत्रीय इञ्चार्ज चण्डीप्रसाद राई रहनु भएको ‘निर्वाचन अनुगमन् समिति’ निर्माण गरेको छ ।

एमाले पथरीशनिश्चरे १० नम्बर शाखा कमिटी अन्तर्गत जिरिखिम्ती टोलमा निर्वाचनको सक्रियतापूर्वक प्रचार प्रसार अभियानका लागि भेलाले इन्द्रबहादुर कार्कीलाई संयोजक र धनबहादुर श्रेष्ठलाई सहसंयोजक तोकेर टोलमा निर्वाचन प्रचार प्रसारका लागि ‘प्रचार प्रसार समिति’ गठन गरेको छ । सदस्यहरुमा, विकास तामाङ, श्याम मगर, सुजता राई, राजेन्द्र दहाल, टंक कार्की, करुणा राई, शिवप्रसाद भट्टराई, सानु पौडेल, बुद्धिमान कार्की, भक्ति पौडेल र गंगाबहादुर कार्की रहनु भएको छ ।

सोही भेलाले लक्ष्मण गुरागाईको संयोजकत्वमा मतदाता नामावली सहजिकरण समिति गठन गरेको छ । जसको सहसंयोजकमा सरिता तामांग, सदस्यमा राजेन्द्र दहाल, जनक पोखरेल र सागर थापा रहनु भएको छ ।

निर्वाचन परिचालन समितिको आजको बैठकले १० वडा रहेको नगरपालिका क्षेत्रमा जेठ १९ गतेबाट असार ७ गतेसम्म नगर प्रमुख र उपप्रमुख सहितको बृहत घरदैलो कार्यक्रम गर्ने निर्णण भएको संयोजक मोहन तुम्वापोले जनाउनु भयो ।

विभिन्न वडामा निर्वाचन परिचालनका लागि कार्यालय स्थापना गरी गतिविधि अगाडि बढाइएको छ ।