यसरी म बेश्या बनें - सुषमा देवकोटा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

यसरी म बेश्या बनें – सुषमा देवकोटा



डिल्लीबजार जानु पर्ने भएकाले म बागबजारको बाटो हिँड्दै थिएं । पिके क्याम्पसको गेटनेर पुग्नै लाग्दा कोहि मेरो अगाडी आएर भन्यो-‘ के छ उषा ‘ ?

कहिं देखे देखे जस्तो लाग्ने अनुहार र सुनेकै आवाज हो भन्ने लाग्दा लाग्दै पनि ठम्याउन गाह्रो पर्दै थियो । आफ्नो नामै लिएर बोलाउने मान्छेलाई ‘को तपाई’ ? भनेर सोध्न पनि अप्ठ्यारो लाग्दै थियो ।

‘म सपना । चिनीनौ के हो ?’ उसले हाँस्दै भनि ।

एकछिन त म हेरेको हेरेई भएं । उसको शिर देखि पाउ सम्म हेर्दै भनें- ‘कस्तो भएको तिमी चिन्नै नसकिने ।’

उ फेरी हाँस्दै बोली -‘नराम्री भएको छु अरु सबै उस्तै हो ।’

त्यहि हाँसो हो उसको तर खै आज मलाई उसको अनुहारमा पटक्कै नसुहाए झैं लाग्यो । ‘कहाँ बस्छौ सपना ?’

‘यहिं नजीकै एउटा नामको मात्र कोठा छ, तिमीलाई फुर्सद छ भने चिया बनाएर खुवाउँछु’ ।

‘हुन्छ हिँड’ । मलाई उसको कोठामा जान मन लाग्यो ।

उ भेटीनुमा म खुशी थिएँ या दुखी आफैं अलमलमा थिएं । म उसको पछि पछि लाग्दै थिएं । तर मलाई कोहि अन्जान ब्यक्ती लाग्दै थिई सपना । अर्को दिन भेटौंला भन्न सक्थें त्यो पनि भनिन । बाटोमा उ म संग गफ्फीरहि । मैले आधा आधी मात्र सुनें होला ।

‘तिमी अझैं पनि उस्तै रहेछौ है उषा’ ? उ फेरी हाँसी ।

उस्तै भन्नाले ?

अरुकै कुरा मात्र सुन्ने, आफु नबोल्ने ।

उसका गडेका आँखा हेर्दै मुस्कुराएं म ।

उसले प्रशंसा गरि -तिम्रो हाँसो खुब राम्रो छ ।

बागबजारको गल्ली भित्रको पुरानो घरमा छिर्दै बोली सपना, ‘मेरो जिन्दगी र यो घर उस्तै छ सबैतिर अँध्यारो’ । भुईंतलामा रहेको कोठाको ढोका खोल्दै फेरी थपी उसले -धन्न लाईन भएको बेलामा परेउ तिमी, उसले कोठाको बत्ती बाली ।

एउटा सानो खाट, भुईंमै राखिएको ग्याँस चुलो, कोठाको आधा भाग मात्र ढाकेको प्लास्टीक कार्पेट, जुन ठाउँ ठाउँमा च्यात्तीएको थियो । अस्तब्यस्त लुगाहरु छेउको सानो टेवलमाथी थुपारिएको, सपनाको कोठा, सपनाको अनुहार जस्तै बिरक्त लाग्दो थियो ।

म खाटमा बसें, सपना चिया बनाउँदै सोधि,’पढ्दै छौ होला है तिमी ‘?

अँ । मैले छोटो उत्तर दिएँ ।

‘के गर्नु मैले पनि पढेको भए केहि हुन्थ्यो की’ ।

सपनाले यस अघि कहिल्यैं पढाईको कुरा गर्दैनथी, जसरी पनि पैसा कमाउने हो, पढेर समय के खेर फ्याक्नु भन्ने सपना आज नपढेको प्रसंग जिन्दगी संग जोड्दैछे ।

उसले चियाको कप मलाई दिंदै भनि –बोलन के भएको तिमी संधै उस्तै लाटी’ ।

५ बर्ष पहिले राखिएको मेरो लाटी नाम आज फेरी उसले सम्बोधन गर्दा नजानिदो खुशी लाग्यो मलाई ।
यो लाटी सम्बोधनले कसैको याद आयो, झट्ट सोधें, -अनिल खै त ?

‘तिमी त्यसको कुरै नगर, सब त्यसकै कारणले यस्तो भयो । सालेले मेरो जिन्दगी बबार्त बनायो’ । उ रिसाएझै गरी ।

उ बिदेशबाट आएको छैन ?

‘खै कता मर्यो, तिमीलाई मेरो जिन्दगीको रामकहानी थाहै छैन उषा । देखेनौ मेरो अवस्था, मेरो हालत, यो कोठाको गती ? उसको आँखाभरि आँशु भयो ।

म के भनौं भनौं को स्थीतीमा अल्मलीएं फेरी, उसले जीन्दगीको आधा आधी बिरत्तता कोठामा छिर्नु अघिनै सुनाईसकेकी थिई, अस्पस्ट भाषामा ।

एक छिन कोठाको वातावरण मौन भयो, मेरो स्वभाव अरुझैं के भयो भन न प्लीज भन्ने खालको छैन, यस्ता कुराले म भित्र आफ्नै प्रस्न र उत्तर हुन्छन् । त्यो सपनालाई थाहा छ । एक छिन पछि उ आँफैं बोली-
मैले तिमीलाई साह्रै सम्झेको थिएं, एक मन त सोचेको थिएं, तिमी भेट हुन्नौ होला । संजोकले आज तिमी भेटीयौ, तर अचम्म तिमीले मलाई चिनिनौ । मलाई यो शहरमा कसैले नचिने हुन्थ्यो जस्तो लाग्छ, आज तिमीलाई देखें बोल्न मन लाग्यो ।

सपना मलाई हेर्दै भन्दै थिई यी कुरा । दुखका नमिठा कुरा उसले यति मिठा शब्द प्रयोग गरेर बोली । सधैं हाँस्नु पर्ने, ठट्टा गर्नुपर्ने, राम्री हुनुपर्ने, जीस्कीरहनु पर्ने सपना आज अर्कै भईछ ।

तिम्रो र मेरो अन्तीम पटक भेट हुँदा म डान्सबारमा काम गर्थें है ? उसले सोधी ।

अँ, अहिले पनि काम गर्दैछौ त्यहाँ ?

जमानामै छोडेको, अनिलले पैसा नपठाएर मैले त्यो काम गरेको थिएं । तिमीलाई भेटेको २ महिना पछि अनिल दुबईबाट फिर्ता आयो, काम गर्न गाह्रो भयो भन्दै । मेरो ईज्जतको ख्याल नगरी तैले डान्स बारमा काम गर्न थालिस भन्दै झगडा गर्न थाल्यो आउन साथ । उसले सोचेन काठमाडौको ठाउँमा कोठा भाडा तिर्न र खानको लागि कति मुस्कील भयो होला र यो काम गरी होली बिचरा भनेर । कमाउन गएको लोग्ने बिदेशबाट रित्तो हात फर्केको थियो ।

छोड्दे यो काम म जसरी पनि पाल्छु भन्न थाल्यो । कोठा कसरी चल्छ अनिल अब भनेर सोध्यो भने तंलाई बेश्या हुन मन लागेको भन्दै उल्टो उल्टो कुरा गर्न सुरु गथ्र्यो । राति राती रक्सी खाएर आउँथ्यो उ, चिनेका मान्छे संग २००– ५०० जति पाउँछ, त्यती सापट माग्दै हिड्न थाल्यो । जति बेला झगडा, बोल्दा बोल्दै उ पिट्न आईपुग्थ्यो । मैले सोचें केटा मान्छेको आफ्नै ईज्जत हुन्छ, मैले डान्सबारमा काम गर्दा उसलाई अरुले हेपेर बोलेर पो उसले यस्तो गरेको हो की । यहि सोचेर मैले काम छोडें ।

केही कुरा गर्न खोज्योकी  उ निउँ खोज्न थाल्थ्यो- हेपेको तिमीले मलाई कमाउन सकेन भनेर ?

यसरी नै ३ महिना बित्यो, मैले सर सापट गरेर कोठा चलाएं । एक दिन अनिलले भन्यो सपना म अर्को कन्ट्री एप्लाई गर्छु पैसा खोज ।
कहाँ खोज्नु मैले रु तिमीलाई दुबई पढाउँदा दाई भाउजु संग रोएर मागेको मैले । ज्वाईले बिदेशबाट पठाउना साथ तिर्छु भनेर । अब अन्त कसले दिन्छ मलाई ?

तिमी त दुनियाँ लाई चिन्छौ नि । मागन सबै संग अलि अलि , म तिर्दीन्छु यार । उ फेरी झोक्कीयो ।

के गर्नु उ नेपाल बसे यहि हो ताल । यहि सोचेर मैले चिनेजति सबै संग पैसा मागें ब्याज तिर्ने सर्तमा । १ लाख २५ हजार जम्मा भयो । उ मलेशिया जाने भयो फेरी । धेरै कुर्नु परेन एप्लाई गरेको २ महिनामानै भिसा लाग्यो । मलेशिया पुगेर फोन गर्यो म पुगें भनेर ।

उ गएको १५ दिन पछि थाहा भयो म प्रेग्नेन्ट (गर्भवती) रहेछु । कैले अनिलले फोन गर्ला र यो कुरा सुनाउँला भनेर खुब हतारो लागेको थियो । उसले फोन गरेन । मैले अनिललाई त्यही नम्वरमा फोन गरें, जुन नम्वरबाट उसले मलेशिया पुगेर मलाई फोन गरेको थियो ।

एक जना केटाले फोन उठायो । मैले अनिललाई सोध्दा उसले अनिल ऐले म संग बस्दैन, भेटें भनें फोन गर्न भनिदिउँला भनेर फोन राख्यो । ३ महिना बित्यो, अनिलको फोन आएन । एक दिन साँझ अनिलले फोन गर्यो, फोन उठाउना साथ रुन थालें म । उसले किन रोएको भनेर सोध्नुको साटो रुनाधुना छोड के छ अरु सुनाउ भन्यो रुखो पारामा ।

तिमीले के गरेको अनिल, ऋण खोजेर मलेशिया पठाएं, यहाँ सबैजना पैसा माग्दै छन्, एक कल फोन गर्दैनौ । सन्चै छौ की के भयो भनेर मन आतिन्छ । यति भन्दै थिएं
‘हेर बढि नाटक नगर कत्तीन माया गर्ने जस्तो’ भन्यो फेरी ।

के भएको छ अनिल तिमीलाई ?  यहाँ म प्रेग्नेन्ट छु, ४ महिना हुन लाग्यो । तिमीलाई सुनाउन कति रहर थियो । मैले रुंदै भनें ।

के रे ? हावा कुरा नगर है सपना ।

के हावा कुरा बच्चा हुँदैछ हाम्रो ।

ओई तँ मलाई फँसाउन आएको रैछेस् होईन ? म नहुँदा डान्सबारमा काम गरिस, कती जना संग मस्ती मारिस । अब मलाई भिराउन खोजेको त्यो बच्चा रु हेर् मैले यहि भन्न फोन गरेको थिएं । म तँलाई माया सायाँ के गर्दिन,तँ जस्तो केटी मेरो जीवनमा बति आए कति गए, उसले हाँस्दै भन्यो ।

मलाई यी सबै कुरा पत्याउन गाह्रो भईरहेथ्यो । अनिल रक्सी खाएको छौ के हो रु मैले नरम हुँदै भने ।

 

के रक्सी खानु, मैले यहि भन्न फोन गरेको थिएं ल राख्दीएं भन्दै फोन काट्यो ।

म न त रुन सकें न हाँस्न । धर्ति नै भासिएझैं भयो । फोन डाएल गरें अनिललाई १३ पटक फोन काट्यो र एउटा म्यासेज पठायो । सपना प्लीज जे भयो बिर्सिदेउ,मेरो अर्कै गलफ्रेन्ड छ, म उसलाई छोड्न सक्दीन । मलाई फोन नगर ।

मैले राति सम्म फोन गरिरहें । उसले फोन उढायो बल्लबल्ल र भन्यो तँ लाई राम्रो मुखले भन्दा हुँदैन की के हो । यतिका समय मैले वास्ता नगरे पछि आँफै बुझ्नु पर्ने हो । आफ्नो सुर गर तँ । त्यसछि उसको मोवाईल अफ भयो ।

कोठा भाडा नतिरेको २ महिना भएको थियो । सामान ल्यायाउने पसलको उधारो नतिर्दा बाटो हिड्न मुस्कील भएको थियो । उसलाई दुबई पठाउँदाको ऋण भाउजुले माग्न थाल्नु भएको थियो । मलेशिया पठाउँदा पैसा दिने हरु अबत पैसा पठाउन थाल्यो होलानी बुढाले भनेर सोध्न थालिसकेका थिए । अनिलले आज के सोचेर मलाई आफ्नो सुर गर् भन्यो । त्यो रात रोएरै कटाएं ।

अनिलको फोनको बाटो हेरें, कतिपटक उसको बन्द भएको मोवाईल खुल्यो की भनेर फोन ट्राई गरें । १५ दिन अनिलको फोनको पर्खाई र जीन्दगी सोचेरै बित्यो । अब अनिलको फोन आउन्दैन भन्ने पक्का भयो मलाई । मैले बच्चा फ्याकीदीने सोचें ।

एक दिन मेरिस्टोप गएं पैसा खोजेर । ४ महिना कटेको बच्चा फ्याक्न नमिल्ने कुरा सुनायो डक्टरले । प्राईभेट क्लीनीकमा फाल्छ अरे भन्ने सुनें , एकजना आईमाईबाट । त्यहाँ गएको १८ हजार माग्यो । १८ सय जुटाउन नसक्ने अवस्थामा १८ हजार कहाँबाट ल्याउने फर्कीएं तेस्सै ।
कोठमा आउँदा साह्रै भोक लागेको थियो । १५ सय थियो ग्याँस ल्याएर भात पकाएर खाएं । कति दिन भएको थियो राम्रोसंग भात नखाएको । पेटभरि भात खाएर मज्जाले निदाएं, उ नमिठो हाँसो हाँसी मेरा आँखा रसाए ।

अनि के भयो ?

के हुनु दुख पाउन लेखेको १८ हजार खोन्दा खोज्दै दिन बिते । दुब्लाएको शरिरमा रंग उडेको अनुहार ऐना हेर्न पनि मन लाग्न छोड्यो । मैले कोठा चलाउन नसक्दा काम खोजें, कशैले सुझाव दिन्थे यस्तो अवस्थामा काम गर्न हुँदैन, कसैले सोझै छैन काम भन्दै हर्काथे ।
माईतमा गएर दाई भाउजुलाई यी कुरा सुनाउदा दाईले यो पटक मेरो घरमा टेकीस अब आईन्दा बाटोमा देखेपनि मलाई नबोलाउनु भनेर हिडें, भाउजु जङगीन थालीन् हेर तिर्लान् नि त भनेर तेत्रो पैसा दिएं । अझ लाज पचेर मेरो दैलोमा रुन आउने । हामीले त्यो केटासंग बिहे नगर भन्दा हाम्रो कुरा सुनेथ्यौ ?

बिकल्प नभएपनि पेटमा भोक लाग्थ्यो, घरबेटी र पसले दीन दिनै ढोको ठक्ठकाउन आईपुग्थे । मनले नराम्रो काम हो भन्ने जान्दा जान्दै पनि मैले ग्राहक खोज्न थालें ।  अवस्थाले मजबुर गर्छ जीन्दगीलाई ।
मैले ग्राहक खोज्न थालें । बिस्तारै मेरो कोठामा घर बनाउने ज्यामी केटाहरु र ठेकेदार सम्म आउन थाले । ड्राईभर र खलासीको फोन आउन थाल्यो । २०० देखि ५०० सम्म दिन्थे तिनीहरु । कसैले रातभरि सुतेर पनि पैसा दिंदैनथ्ये ।

साह्रै गाह्रो हुन्थ्यो पेट दुखेर,तै पनि आएका मान्छे टाढिन्छन् भनेर उनिसंग कैलेहि गुनासो गरिन । ति मध्य एकजना ड्राईभर मेरो अलिक नजिक भयो । १०००– २००० रुपैयां छोडिदिन्थ्यो । भोजपुर तिरको गुरुङ थियो उ ४० बर्ष जतिको ३ वटा छोराछोरीको बाउ ।

गर्भवति हुँदा पोसिलो खाना नखाए, गह्रौ काम गरे, बच्चा खेर जान्छ, कमजोर हुन्छ भन्ने सुनेको थिएं तर मैले चाहेर पनि त्यो मेरो बच्चा खेर गएन । जन्मनै लेखेको रहेछ, भाग्यमानी पो छ कि झै लाग्थ्यो । यति धेरै दुख पाउँदापनी मैले सन्तान छोरा नै होस भनेर मागिरहें । आफु छोरी हुनुमा घृणा जागेर ।

अहिले पनि सम्झन्छु जब अनिलको प्रेममा थिएं । अनिल संधै जीस्काउथ्यो, हेर है सपना मलाई त छोरी नै चाहिन्छ । मेरो छोरी संसार भरमा सबैभन्दा राम्री हुन्छे,कसैले मेरो छोरीलाई रुवायो भने मेरो पिटाई खान्छ । उसले भनेका ति कुरा मैले भुल्नै पर्ने थियो । जब उसले नै कसैकी छोरीको जीन्दगी नरक बनाईदिएको थियो ।

७ महिना लागेपछि सबै ग्रहक टाढिए, त्यो गुरुङ आईरहन्थ्यो । ८ महिनाको गर्भवति हुँदा पनि मैले उसको त्यास मेटाईरहें । ९ महिनाको आधा आधिमा छोरी जन्मीई । बैगुनी भगवानले के के बदला लिए मलाई छोरी नै दिएर छोरी नै जन्मीय पनि हेर्न मन लाग्यो, अनिलकी छोरी अनिल जस्तै लाग्यो खै मलाई त्यस्तै लाग्यो या छोरी त्यस्तै थिई । सुत्केरी खर्च अस्पतालले १ हजार रुपैंया दियो ।

छिमेकी दिदिले अस्पताल लगेकी दिहिन् मलाई । सुत्केरी भएको भोलीपल्ट त्यही हजार रुपैंया तिरेर ट्याक्सीमा कोठा फर्कीए । बाँकी बँचेको पैसाले बच्चलाई एक जोर लुगा किनीदिईन ति दिदीले । घर आएं, दाल र चामल पहिले नै किनेर राखेको थिएं । त्यो छाक त्यहि छिमेकी दिदीले पकाईदिहिन् । ल बैनी जति सक्थें गरें, मेरो नि बुढो गतिलो छैन, कराउँछ, काममा जानुपर्छ, छोराछोरी हेर्नुपर्यो, फुर्सद हुँदा आउँला भनेर छिमेकी दिदी गईन ।

बेलुका आँफैंले खाना बनाएं, टाँका लगाएको घाउ सजीलो गरि उठ्न बस्न नमिल्ने, आँफै खाना बनाउँथें, लुगा धुन्थें, वरपर बस्ने कोहि बोल्दैन थे राम्रो संग ।

यस्तो अवस्थामा पनि छोरीको मुख हेर्दा सन्तोष मिल्थ्यो । १ महिना पछि त्यो ड्राईभर गुरुङ फेरी आयो । भोकाएको गिद्धले भेटेको सिनो झैं थिएं म उसको लागि । छोरी २ महिनाकी लाग्दै थिई, त्यो गुरुङले बिहे गरौं भन्न लाग्यो । मेरो घरको बुढि बिरामी भएर मरी भन्यो उसले । सयौं जना संग शरिर बेचेर छोरी हुर्काउनु भन्दा ठिकै छ यो बच्चाले बाउको नाम पनि पाउँछे । अब मैले संधै यसरि जीन्दगी चलाउन सक्दीन जस्तो लागेर त्यही गुरुङ संग बस्ने निर्णय गरें ।

एक पटक बिहे गरेर ठुलो ठक्कर खाएको थिएं, बिहे गर्ने मन त थिएन, तै पनि गरें । बिवाह पनि के भन्नु र संगै बस्न थाले उ संग । उ मेरी छोरीलाई कैलेहि छुन्थेन, मन चाहन्थ्यो, उ मेरी छोरीलाई काखमा लिओस्, खेलावस्, तर त्यस्तो कैलेहि भएन । उ दिनभर गाडी चलाउँथ्यो राती रक्सी खाएर आउँथ्यो, मैले कैलेहि ठुलो स्वरले पनि बोलीन उ संग । अनिललाई झैं रक्सी र भावी जीन्दगीको बारेमा सम्झाईन पनि । मेरो सबै गति देखेको उसलाई मैले सम्झाउन खोज्नु भनेको झगडाको बिउ छर्नु र मेरो चरित्रको ब्याख्या उसको मुखबाट सुन्नु मात्र हो भन्ने राम्ररी बुझेको थिएं । उ त्यती झगडा पनि गर्दैनथ्यो ।

छोरी ६ महिना पुग्दै थिई, एक दिन एक जना आईमाई जोर जोरले ढोका हान्दै कराउन थाली । ढोका खोलें, उ संग दुईजना केटा मान्छे पनि संगै थिए । मलाई देख्नासाथ सपना हो ?  भनेर सोधी, हो कीन होला ?  भन्दै थिएं,

उसले मेरो कपाल लुछ्दै तँ लाई रन्डी मेरो ३\ ३ वटा छोरा छोरी छन् भन्ने जान्दा जान्दै सौता बन्न आउने  ? अरु कोही पाईनस बेश्या मेरै बुढो देखिस् भन्दै कुट्न थाली ।

अरु २ जना पुरुसले मलाई जानेजति गाली गरे । तमासा हेर्नको भिड लाग्यो, मैले गुरुङले के भनेर संगै राखेको थियो सम्म भन्ने मौका पाईन । एकोहोरो कुटाई खाईरहें । तमासे बनेका सबैले मेरै दोस देखाएं । उठ्न नसक्ने गरि कुटेर उसले धम्की दिई, तँ लाई म पुलिसकोमा लग्छु । त्यही दिन साँझ घरबेटी दिदि आएर भनिन १ हत्ता भित्रमा कोठा खाली गर्देउ, यस्तो बिग्रेको आईमाई राख्यो भने हाम्रो पनि बेईज्जत हुन्छ ।

नराम्ररी कुटाई खाएको थिएं के असर परेछ तल्लो पेट दुखेर रगतको धरा बग्न थाल्या । त्यो दिन बाट ३ दिन सम्म म कोठाबाट बाहिर निस्कीहिन । ३ दिन सम्म गुरुङ पनि आएन । चौंथो दिन छोरी बोकेर कोठा खोज्न हिँडे, बल्ल बल्ल यो कोठा पाएं । सबै सामान पोको पारेर यता आएं । त्यो मोबाईलको सिम पनि फ्याँकीदिएं । एउटा घरमा कपडा धुने काम पाएं, खुब सुख मिल्यो त्यो काम पाउँदा ।

जसोतसो छोरी हुर्काएं, कसैले यो बच्चाको बाउ कहाँ छ भनेर सोधे म हत्तपत्त भनिहाल्थें मलेशियामा छ, अनिल शर्मा हो उसको नाम । ऐले पनि भन्छु, पापीको नाम लिन मन नभएपनि समाजको मुख थुन्न यो कुरा भन्दै आएको छु । एले छोरी ४ बर्षकी भै स्कुल हालीदिएको छु । ३ बजे सम्म रत्नपार्कमा बदाम बेच्छु । घरमा बसेको बेलामा टुरिस्ट माला उन्ने काम गर्छु,जेनतेन चल्दैछ ।

कुनै चलचित्रमा देखिएको दृश्य जस्तो सपनाको कहानीले मेरा आँखा धेरै पटक रसाए । तर सपना एक पटक पनि यी कुरा सुनाउँदा रोईन, मेरो अनुहार हेर्दै उसले भनि उषाले आँसु पनि आउन छोड्यो रुदाँ रुदाँ सक्कीएछ की झै लाग्छ ।

तिम्रो जीवनामा यतिका घटना घट्दा पनि मलाई किन फोन नगरेको तिमीले ?

कसरी गर्नु, तिमीले मलाई जुन कोटेश्वरको कोठमा भेटेको थिएउ, म त्यो कोठाबाट भागेर हिँडे । सामान त पहिले नै उठाई सकेका थिए अनिललाई पठाउँदाको ऋण तिर्न नसक्दा । बाँकी पैसाको लागि फोन गर्ने र ढोका हान्न आउनेको भिड लाग्थ्यो । एक दिन लगाउने लुगा एउटा झोलामा हालेर त्यो ठाउनै छोडेर हिँडे । ऋण दिनेहरुको फोन आउछ भनेर त्यो सिम नै भाँचेर फ्याकीदिएं । तिम्रो नम्वर त्यही सीममा थियो । त्सपछि सुकेधारामा कोठा खोजें । नानी त्यहीँ जन्मेकी हो । दुखको बेलामा के होस हुनु यार उसले भरिएका आँखा बाँया हत्केलाले पुछि । उसले फेरी थपि उषा म तिमीलाई संधै लाटी भन्थें, हेर म बाठी भएर जीन्दगीलाई नरक बनाएं ।

मैले के भनेर उसलाई सम्झाउने शब्द नै पाईन । सपना तिम्रो मोवाईल नं, कति हो ? उसले र मैले एक अर्काको नं. राखेउँ ।
म कतै तिमीलाई हुने काम भेटें भने भन्छु सपना, नआत्तीअ, यति धेरै दुख भोगेउ, अबत छोरी पनि हुर्कीई । मैले हाँस्ने कोषिश गरें मन निचोरीए पनि । मैले ४ घण्टा त्यहिं बिताएं, डिल्ली बजार भोली जानु पर्ला । निस्कने बेलामा हाँस्दै भनें, सिम चेन्ज नगर है अब, म फेरी भेट्न आउँछु । छोरीलाई देख्न मन लागेको छ ।

उसले जीस्कदै भनि – लाटी

मलाई यो उसको खुषी मिसिएको हाँसो र लाटी सम्बोधन साह्रै साह्रै राम्रो लाग्यो ।

म निस्कीएं सपनाको कोठाबाट, बाटोभरि हिजो र आजकी सपना याद आईरही मलाई ।

पहिलो पटक सपनाकै हातले शहरिया रुप दिएको थियो मलाई । गोरखाको पालुम्टारबाट काठमाडौ पढ्न आएको म साँच्चै लाटी केटी थिएं । लामो कपाल, नमिलेका आँखी भौं,साधारण कुर्ता सलवार लगाउने म एकजना साथीको करले कोठा नजिकैको ब्यूटीपार्लर पुगेथें । उसैले थ्रेडीङ गरिदिएकी थिई पहिलो पटक मेरा आँखी भौं । लामो कपाल काट्दै उसले भनेकी थिई, स्टेप कट सुहाँउछ तिमीलाई । बाटोमा भेट हुँदा म उसलाई दिदी भन्थें,सधैं जसोको भेटले म उसको साथी भएं, मैले उसलाई सपना भन्न थालें ।

यो बुढी मान्छेको जस्तो लामो लामो कुर्ता के लगाएको ? राम्रो डिजाईनको कुर्ता सिलाउ, तिम्लाई त पेन्ट सुहाँउछ । यसरी उसले मलाई यहाँको वातावरण संग घुलमील हुन सक्ने बनाई ।

त्यतिबेला मेरो कलेज बिहानमा थियो । कलेजबाट फर्केपछि खाना खाएर म सपनाको पार्लरतिर दौडहाल्थें । दिनभरी सपनाकै पार्लरमा हुन्थें म । घरि त्यो केटाले जीस्कायो, घरि यो केटाले यसो भन्यो, यस्तै यस्तै कुरा सुनाउँथी सपना हाँस्दै ।

एक दिन कुरै कुरामा उसले भनि म सात कर्षको हुँदा आमा बित्नुभयो, बुबा त म गर्भमा हुँदानै बित्नु भएको रे । त्यहि त हो दाई भाउजुले त्यति वास्ता गर्दैनन् मेरो । ६ कक्षा सम्म मात्र पढ्न पाएं । तिमीलाई मेरो घर लान पनि पाएको छैन,भाउजु रिसाउनु हुन्छ मैले घरमा कोहि लगें भनें । सम्पत्ती त छ नि हाम्रो, काठमाडौं कै लोकल बासिन्दा हौं हामी । जति भएपनि मेरो हातमा केहि हुँदैन । धन्न दाईसंग कराउँदा कराउँला एउटा पार्लर खोल्न सकें । बाउ आमा जीउँदै भएको भए, जीन्दगी अर्कै हुन्थ्यो होला मेरो । उ यि सबै कुरा हाँस्दै सुनाउँथी, न मनमा पिडा, न अनुहारमा उदासिनता हुन्थ्यो उसको ।

ए मलाई जीस्काउँदै भन्थी, कलेज पढ्न रमाईलो हुन्छ होला हैरु कलेजमा केटाहरु हुन्छन् नि । जति केटाको कुरा गरेपनि उ उत्ताउलो स्वभावकी थिहिन, काम गर्थी, सबै संग राम्रो ब्यबहार गर्ने भएर उसको पार्लर राम्रो संग चलेको थियो ।

गोरो बर्ण,ठुला ठुला आँखा, मिलाएर लगाएको गाजल, ह्यरकलर गरेको खैरो कपाल,छोडे पनि बाटे पनि सपनालाई उत्तीकै सुहाँउथ्यो । मिलेको शरिरमा जे लगाएपनि उस्तै राम्रो देखिन्थ्यो । म साह्रै प्रभावित थिएं, उसका सुन्दर गुलावी ओठबाट निस्कने हाँसो लोभलाग्दो थियो ।

साह्रै माया गर्थि सपना मलाई, त्यति बेला म संग नोकीयाको सबैभन्दा सस्तो फोन सेट थियो । म बिहान उठ्न अल्छी छु भन्ने थाहा पाएपछि उ मलाई बिहान ५ बजे फोन गर्थी, मेरो कलेज छुट्छ भनेर उठाईदिन्थी । यसरी सपना अचानक आएर मेरो मनबाट हट्नै नसक्ने गरि राज गरेर बसी ।

दिन बित्दै थिए, मेरो आई.ए. पहिलो बर्षको परिक्षा सुरु भयो । परिक्षा कस्तो भयो रु सपना नै सोद्थी हरेक दिन । मेरो परिक्षा राम्रो भएकोमा उ खुशी हुन्थी ।

एकदिन सपनाले आफुलाई एउटा केटा मन परेको कुरा गरि । मलाई हेर्न हतारो भयो, सपनाले सुनाई उ बि.ए दोस्रो बर्षमा पढ्दै छ, शनिवार उसको कलेज छुट्टी हुन्छ । हामी नगरकोट घुम्न जाँदैछौं म तिमीलाई लैजान्छु ।

शनिवार आयो, हामी नगरकोट जो भयौं । पुरानो बसपार्कमा पहिलो पटक सपनाको अनिललाई देखें मैले । साँच्चै सुन्दगर थियो अनिल, सपनाले सुनाउने उसको राजकुमार ।

हाई म अनिल, उसले हात बढायो, मैले साह्रै अप्ठेरो मान्दै भनें, म उषा । बसको अन्तीम सिटमा हामी ३ जना संगै बसेउ । सपना र अनिलको जोडी मात्र होईन, स्वभाव पनि उस्तै रहेछ, दुबैलाई गफिन र हासींरहन पर्ने ।

म नबोलेको देखेर अनिलले मलाई जिस्काउँदै भन्यो, -तिम्रो साथि लाटि हो कि बोर मानेको हो ?

नजिस्काउ है बिचरा उ तिमि जस्तो हावा छैन् । यस्तै यस्तै कुरा गर्दै हामी नगरकोट पुग्यौं । म बाटोभरी प्रायः चुपचाम नै रहें । अनिलले लाटी भनेर जिस्काई रहयो । दिनभर घुमेर फर्कियौं हामी । छुट्ने बेलामा अनिलले हास्दै भन्यो, -दिनभर हाम्रै गफ मात्र सुन्न आए जस्तो भयो उसलाई ।

साँझतिर गोगंबुको गणेशथान आएर हामी छुट्यौं, जाने बेलामा अनिलले भन्यो बाई सपना, मलाई हेर्दै जिस्कायो, – बाई मिस लाटी ।

त्यसपछि बिस्तारै सपनाको पार्लर बन्द हुन थाल्यो । अनिलसँग दिनभर घुम्न निस्कन थालि । बेलुका भेट्दा अनिलकै गफ गर्थि । एकदिन सपनाले मलाई सुनाई, म अब बिहे गर्छु अनिलसँग । पोखराबाट पढ्न आएको अनिल शर्माको बारेमा सपनाले भनेकी थिई, उ पनि टुहुरो रैछ । काका काकीसँग बस्छ रे । अब म अनिल बिना बाच्न नै सक्दिन ।

हेर्दा हेर्दै एकदिन सपनाले पार्लर बेची । दाई भाउजुले चिन्नु न जान्नुको केटा, जागीर छैन, हामी दिदैनौ भनेपछि सपनाले भागेर बिहे गरी अनिलसँग । म सबैभन्दा एक्लो भए, उनिहरु अर्को कोठा खोजेर कोटेश्वर बस्ने भए । सपनाले पार्लर बेचेको पैंशा थियो । अनिलले केहि समान ल्यायो आफनो, बाँकि उसको रुम पार्टनरको थियो ।

सपना बिहे गरेर कोटेश्वर गएपछि हाम्रो फोनमा कुरा हुन्थ्यो । अनिलले यस्तो भन्छ, उस्तो भन्छ, साह्रै अल्छी छ बिहान उठाउनु पर्छ यस्तै कुरा सुनाउथी खुशि हुदैं । पछि अनिल बिदेश गयो भनेर फोनमै भनि ।

म उसलाई अनिल गएको २ महिना पछि भेटन जाँदा उ डान्स बारमा काम गर्थि । आज एक्कासी भेट्दा उसको जिन्दगी र सपना अर्कै भएछ । मसँग धेरै पैंशा भएको भए पनि एउटा ब्युटिपार्लर खोलिदिन्थे, उ राम्रो जिन्दगी जिउथी । गाडि गोंगबु क्रस गर्दै गर्दा म भित्र अनिल र सपनाको याद मात्र थियो । अनिलले राखिदिएको मेरो लाटि नाम आज पनि सपनाले लिदैं छ । उसको छोरी हुर्काउन गरेको दुःख अनिललाई गरेको पबित्र प्रेमको उदाहरण हो ।

सपनाले डान्स बारमा काम गरि, देह ब्यापार गरी र अर्काको बुढासँग रात बिताई । सबले सपनालाई चरित्र हिन भने । अचम्म, एउटा राम्रो जिन्दगी जिई रहेकी फूल जस्ती सपनालाई यि सब गर्नमा मजबुर बनाउने पुरुष, उसलाई घर न घाटको बनाई हिडने अनिल, घरमा बुढी हुँदा हुँदै उसँग रात कटाउने केटाहरु, ३ वटा बच्चालाई धोका दिएर जिउँदो बुढी मरी भन्दै सपनाको दुःखको फाईदा उठाउने त्यो गुरुगं सब निर्दोश छन् आज हाम्रो समाजमा । सबैले केटाले त जे गरे पनि हुन्छ, केटी पो गतिलो हुनु पर्यो भन्छन् । अझ यस्ता शब्द भन्नेमा आईमाई नै बढी हुन्छन् ।

सपनाको ठाउँमा अरु भएको भए, छोरीलाई मारेर आफु पनि आत्महत्या गर्दा हुन् या त छोरीलाई बाटोमै छोडेर आफनो सुर गर्दा हुन् । यति धेरै दुःख पाउँदा पनि सपनाले न आत्महत्या गरी न छोरी छोडि । शिक्षित जमातले भन्छन्, त्यो केटालाई कारबाही गर्नु पथ्र्यो । डिएनए चेक गराएरै भएपनि उसैको छोरी हो भनेर प्रमाणित गर्नु पथ्र्यो ।भन्नु र भोग्नु अर्कै कुरा हो । एक छाक टार्न सपनाले कति कति क्षण आँशु बगाई, के- के गरी त्यसको हिसाव किताव उसले खोज्न थालि भने कसले सहयोग गर्छ उसलाई ?

 

[email protected]