यस्ती छिन् गायक हेमन्त शर्माकी प्यारी “मायालु”(भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यस्ती छिन् गायक हेमन्त शर्माकी प्यारी “मायालु”(भिडियो सहित)



हिमाल पोस्ट /असोज ८ 

आफ्नो आवाज र प्रस्तुतिबाट दर्शक श्रोताको मनजित्दै आएका नेपाली सुगम सङ्गीतका चर्चित गायक हेमन्त शर्माले आफ्नी “मायालु” सार्वजनिक गरेका छन् । प्रसङ्ग हो उनको नयाँ गीत “ मायालु ” को हालै मात्र सार्वजनिक भएको यो गीत अहिले चर्चामा छ ।

हेमन्तकै शब्द ,सङ्गीत र स्वरमा रहेको गीतको एरेन्जर कृष्ण बि.क गरेका छन् । यस्तै पुष्प खड्का र श्रद्धा प्रसाईलाई फिचरिङ गरिएको भिडियो निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

शिव बि.कको निर्देशनमा तयार भएको गीतको भिडियो शर्माको जन्मथलो त्रिवेणी धाम र दाशढुङ्गामा ज्ञानेन्द्र शर्माले छायाकंन गरेका हुन भने भिडियो सम्पादन निशान घिमिरेको रहेको छ ।