यती एयरलाइन्सको इन्जिनमा समस्या, ठूलो दुर्घटनाबाट जोगियो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यती एयरलाइन्सको इन्जिनमा समस्या, ठूलो दुर्घटनाबाट जोगियो



काठमाडौं- यती एयरलाइन्सको इन्जिनमा समस्या आएपछि पोखराबाट उडेको विमान पोखरामै आकस्मिक अवतरण गरिएको छ । विमान ठूलो दुर्घटनाबाट जोगिएको बताइएको छ ।

पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो ।

उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो । पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८:५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो । उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो ।