यी हुन् एमाले अर्घाखाँचीका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यी हुन् एमाले अर्घाखाँचीका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार



हरिभक्त आचार्य, १८ काठमाडौं   

नेकपा एमाले जिल्ला कमिटी, अर्घाखाँचीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारको सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष चेतनारायण आचार्यको नाम सिफारिस गरेको छ । क्षेत्र न २ बाट रामजी घिमिरे र कुल्दीप भुसालको नाम सिफारिस भएको एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले बताए ।

यसैगरी बुधबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि ७ जना उम्मेदवारको नाम सिफारिस गरेको आचार्यले बताए । सिफारिसमा पर्ने उम्मेदवारमा डा. दुमन थापा,गोपाल खनाल,डिल्लीराज खनाल,भोजबहादुर शाह,मुक्तिराम पाण्डे,सालिकराम आचार्य र विष्णु पन्थी छन् ।

नयाँ पत्रिकाबाट