यी पाँच कारण जसले तपाईंको यौनचाहना र शक्तिलाई घटाइदिन्छ ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यी पाँच कारण जसले तपाईंको यौनचाहना र शक्तिलाई घटाइदिन्छ !



के तपाईँलाई पनि यौनसम्पर्क गर्ने चाहना कम भएको छ ? या तपाईँको पार्टनरसँग हुने सम्भोगबाट सन्तुष्ट हुन सक्नुभएको छैन ? त्यसो भए यी पाँचवटा कारणका बारेमा थाहा पाइराख्नुहोस् ।

१. तनाव

जब मानिसलाई तनाव हुन्छ उसको एकाग्रता भङ्ग हुन्छ । त्यसको प्रभाव पार्टनरलाई गर्ने व्यवहारमा प्रतिविम्बित हुन्छ । जसले आनन्द दिलाउन सक्दैन ।

२. अत्याधिक मदिरापान

मदिरा सेवनले मानिसलाई यौनसम्पर्क गर्न लालायित त गराउँछ तर रक्सीको मातले यौनागंको संवेदनशिलतालाई धेरै हदसम्म कम गराइदिन्छ ।

३. कम निद्रा

कम सुत्नाले स्वभाविक रूपमा बढी थकान महसुस हुन्छ । जसले गर्दा पुरुषको यौन आनन्द लिने चाहनामा कमी आउँछ ।

४. नियमित औषधिको सेवन

कुनै कुनै औषधिको सेवनले मानिसको यौन चाहनालाई घटाइदिनुका साथै यौनशक्तिमा ह्रास ल्याउँछ । जस्तै, डिप्रेसन, उच्च रक्तचाप र एचआइभीको औषधि सेवन गरेकाहरुलाई यस्तो समस्या उत्पन्न हुन्छ ।

५. मोटोपना

मोटोपनाले पनि मानिसको यौनचाहनामा गिरावट ल्याउँछ । मोटोपनाले यौनचाहनाका साथै यौन क्रियालाई पनि रोमाञ्चक बनाउँदैन । एजेन्सीको सहयोगमा ।

hamrodoctor