यो दशैॆमा गायक प्रेम घिमीरेलाई खर्च भएन (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

यो दशैॆमा गायक प्रेम घिमीरेलाई खर्च भएन (भिडियो सहित)



समिर प्रकाश पाण्डे
हिन्दुहरुको महान चार्ड दशैं र तिहार नजिकै आईसकेको बेला दशैं तिहार लक्षित गरी बिभिन्न गीतहरु पनि बजारमा आईसकेका छन् र आउने क्रम जारी नै छ ।घर देखि बाहिर र देश देखि बाहिर हुनेहरु कतिपय घर आईसकेका छन् । साहुले तलब नदिएर वा बाटो खर्च नभएर बर्ष दिनको चार्ड मान्न घर आउन नपाउने हरु पनि प्रशस्तै छन् । यस्तै खर्च नभएर बर्ष दिनको चार्ड मान्न घर आउन नपाउने हरु को कहानि समेटेर तयार पारीएको गीत हो “दशैं खर्च ” सार्वजनिक भएको छ ।

बडा दशैं तथा दिपावलिको शुभकामना सहित अमूल्य म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको यस गीतमा गायक प्रेम घिमिरे र गायिका दिलमाया बुढा ले स्वर दिएका छन्। लय र शब्द भने महेन्द्र बिश्वकर्मा ले बनाएका छन् । के पि भण्डारी को सहयोगमा दिपक चौहान प्रस्तुतीमा गित बजारमा अाएको हो

सुरज र प्रमिलाको अभिनय रहेको भिडियोलाई अशोक बि क को निर्देशनमा रबिन न्यौपाने खिचेका छन् भने अमर दिप बि कले सम्पादन गरेका छन् ।