सबै मन्त्रि दौरा सुरवालमा प्रचण्ड किन विदेशी पोशाकमा ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सबै मन्त्रि दौरा सुरवालमा प्रचण्ड किन विदेशी पोशाकमा ?



योगेन्द्र गौतम 

विदेशी संस्कृतिको बढदो प्रयोगबाट नेपाली कला संस्कृति र पहिचान लोभ हुन लागेको छ । हाम्रो पहिचान , हाम्रो सस्कृति  , हाम्रो भेष भूषा र हाम्रो भाषा राष्ट्रियता सँग सम्बन्धित रहन्छ । माओवादी राजनीतिक मुलद्वारमा आएपछि हाम्रा यी राष्ट्रिय पहिचानमाथी गम्भीर सङ्कट आएको देखिन्छ । संविधानसभाको पहिलो निर्वाचनबाट प्रधानमन्त्री पनि नेपाली राष्ट्रिय पोषाकको अपमान गरी प्रचण्ड जीले पश्चिमिली भेष कोट पाइन्टमा सफत लिए  । तर दौरा सरूवाल र ढाकाको टोपीको उतिखेर पनि अपमान भयो ।

हामी हाम्रो राष्ट्रिय गौरबाताको कुरा गर्छौ तर राष्ट्रिय पहिचानको विषयमा हामी किन निर्जल बन्छौ । वर्तमान अवस्थामा प्रधानमन्त्री प्रचण्डमाथी निकै गम्भीर प्रश्न उठेको छ । प्रधानमन्त्रीको सफत राष्ट्रिय सम्मान सँग जोडिएको हुन्छ । प्रधानमन्त्रीले सफतको समय आफ्नो देशको राष्ट्रिय पोषाक अनिवार्य लगाउन पर्दछ । राष्ट्री पोषाकमा लिएको र दिएको सफतले राष्ट्रिय गौरवता  झल्कन्छ ।

अंतराष्ट्रिय क्षेत्रमा पनि देशको सान बढदछ । कुनै पनि देशको कार्यकारिणी प्रमुखको भेषले त्यो देशको सम्मान बढाउछ तर नेपालमा अहिले आएर नेपाली पहिचानमाथी स्वयम् कार्यकारिणी प्रधानमन्त्रीबाट अपमान भयको छ । किन दौरासुरुवाल ढाकाको टोपी तिरस्कार  गर्छन् प्रचण्ड ? संसारमा निकै सम्मानित रूपमा नेपाली दौरा सुरुवाल र ढाकाको टोपीलाइ लिने गरिन्छ ।

किन दौरासुरवाल र  ढाकाको टोपी तिरस्कार  गर्छन् प्रचण्ड ?

२००७को जनक्रान्ति सफल्ता पश्चात् २०१६ मा जननायक बि पी कोइरालाले दौरासुरुवाल र ढाका टोपीमा लिएको सफत विश्व जनमंचमा निकै चर्चाको विषय बनेको थियो । बि पी आफ्नो राष्ट्रिय पोषाकको संरक्षण र सम्मान गर्नु पर्छ भन्ने मान्यता राख्नु हुन्थियो भन्ने वाहाको आत्म बृतान्त बाट थाहा हुन्छ । त्यसपछिका प्रधानमन्त्रीहरुले दौरासुरुवाललाइ नै आफ्नो स्वाभिमान बनाए । प्रचण्ड जी तपाइ कुन देशको नीति नेपालमा लागु गर्न चाहानुहुन्छ ? आफै गम्भीर भएर सच्चा नेपाली पनबाट आत्म चिन्तन गर्नुस के यो सबै सही होला त ?