कांग्रेस सभापति शेरबहादुर देउवालाइ योगेन्द्र गौतमको खुल्ला पत्र - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कांग्रेस सभापति शेरबहादुर देउवालाइ योगेन्द्र गौतमको खुल्ला पत्र



योगेन्द्र गौतम

माननीय सभापति ज्यु

नेपाली कांग्रेस केन्द्रीय कार्यलय सानेपा काठमाडौं । महोदय मैले हजुर समक्ष आज यसैहिमाल पोष्टबाट नेपाली कांग्रेस भित्रको अन्तरद्वन्द्व केहि लेख्दै  छु । आखिर किन यो प्रश्न राख्दैछु ? बर्तमान नेपालको परिबर्तित राजनितीक सहमतिको सरकारका लागि अहम भुमिकामा रहनु भएका हजुर हाम्रो गौरबशाली पार्टी नेपाली कांग्रसको १३औ माहाधिबेशनबाट सभापति भन्नु भयो । सभापति हुदा हजुरको प्रतिबद्धता एकात्मक र बिचारात्मकबाट नेपाली कांग्रेसलाइ अगि बढाउने थियो । आम कार्यकर्ता तपाईहरुको प्रतिबद्धता देखी निकै खुसी पनी थिए । अब पार्टी मित्र कुनै बिबाद हुदैन , सबैको सम्मान हुन्छ , कसैले कसैको अपमान गर्दैन भन्ने प्रतिबद्धता बर्तमानमा तपाइ पार्टी सभापतिबाटै उलंघन भयको देखियो ।

स्वर्गीय बि पी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक बिचारमा आपशी छलफल संगै पार्टीमा केन्द्रीय समितिको बैठक बाट लिएको निर्णय र राष्ट्रीय राजनीतिमा सो निर्णयको प्रभाब भनिएको छ तर खै बि पीको बिचारको सम्मान । कुनैपनि निर्णय लिदा सभापति ज्यु केन्द्रीय समितिको बैठकबाट लिएको निर्णय नै संगठात्मक हितकारी हुन्छ होला हैन र ? हजुर समक्ष बिगतको इतिहास स्मरण गराउन चाहे । सबै भन्दा जेठो र शक्तिशाली पार्टी नेपाली कांग्रेस फुटाउने कलंकित इतिहास रच्नु भयो । त्यो दिन सच्चा आम कार्यकर्ताको मन कति रोएहोला एकपटक आत्म मंथन हजुरले गर्न जरुरी छ ।

११औ माहाधिबेशनमा स्वर्गीय कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला र हजुर माहाधिबेशन प्रतिनिधीहरुका बीच हातमा हात राखेर एकसाथ कुनै बिबाद रहित नेपाली कांग्रेसलाइ अगि बढाउने प्रतिज्ञा खै काहा गयो ? अहिले हजुर नै पार्टी सभापति हुनुहुन्छ बिगतका ती इतिहासलाइ एक पटक स्मरण गर्नुस त ! जननायक बि पी कोइरालाले आफनो आत्मबृतान्तमा भन्नु भयको छ मानिस ब्रेडले होइन ब्रेनले चल्नु पर्छ अर्थात मानिस घमण्ड अहंकारबाट होइन मानिस बिचार र भिजनबाट अगि बढनु पर्छ यी बि पीका भनाइ बिपरित बर्तमानमा एकलबादको नीति लिएर कांग्रेस बरिष्ठताहरु संग छलफलै नगरी एकहोरो हिडछु भन्नु सभापति ज्यु काहा सम्म जायज हो । आज पार्टी एक छ तर पदको भागभण्डा कीन यो प्रश्न पनी तपाइ माथी तेर्सिन्छ ।

हजुर सभापतिले कसैलाइ काख कसैलाई पाखको निति पनी राम्रो भएन ।

आज देश रोइरहेको छ । भुकंपबाट पिडीत जनता झनै पिडीत हुदै गएका छन । बाढी पिडीत जनताको स्थिति अत्यंत नाजुक छ । पुर्ब सभापति स्वर्गीय शुसिला कोइरालाको नेतृत्वमा बनेको संबिधान कार्यनयन हुन सकेको छैन । प्रजातान्त्रिक शक्ति भन्दा साम्यबादी शक्ति हावी हुदैछन । देशको यो अवस्थामा पार्टी मित्र हजुर सभापति बाटै गुटबन्दी गरिनु राम्रो होला ।

यो नितिले पार्टीको बिकास होला , कार्यकर्तामा पार्टी प्रतिको आस्था बढला यो सोचनीय बिषय हो । जस्ले हिज नेता कार्यकर्ता लाइ बिच बजार लगेर कसैलाई त कसैलाई खुकुरी हंशिया बंचरोले मारे त कसैलाई जंगलमा लगेर खाल्डो खनेर मुन्टो मात्र देखिनी गरी टाउको काटे त कसैलाई बिदेशी गोलीले मारे । कैयौ  नेताहरूको घर जग्गा कब्जा गरे । अजै सम्म पनी फिर्ता गरिएको छैन । यस्तो अवस्था कांग्रेस कार्यकर्ताको छ ।

तपाई काठमाडौं महलमा भएर होला तल्लो स्तरको कार्यकर्ताको पिडा कसरी थाहा हुने?

कले सोच्ने ती कार्यकर्ताको पिडा । आजको आवश्यकता  बिबाद गुटबन्दी होइन एकता हो । बिना एकता पार्टी कम्जोर भयर जानेछ । म हजुर समक्ष बिनम्र अनुरोध गर्न चाहान्छु आज सम्मका तिता मीठा सबै लाइ भुलेर सबै नेता ज्युहरु एकात्मकरुपमा अगि बढनुस ।देशले कांग्रेस कम्जोर होइन ससक्त भयको देख्न चाहेका छन ।

जय नेपाल !