देशलाई काँग्रेसकै नेतृत्वको आवश्यकता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

देशलाई काँग्रेसकै नेतृत्वको आवश्यकता



प्रजातन्त्र, समाजवाद र राष्ट्रिय एकताको संकल्प बोकेको नेपाली काँग्रेस बि पी वादमा समर्पित छ । बि पीका बिचार र चिंतन लाई आफ्नो मार्गदर्शन मान्ने नेपाली काँग्रेस वर्तमानमा भने यी बिचार बाट किन फरक देखिन्छ कार्यकर्ता देखी आम जनताको प्रश्न नेतृत्व माथि तेर्सिएको छ ।

१२ औ माहाधिबेशन सम्म आइ पुग्दा बि पी को बिचारमा नेतृत्व ले आफूलाई समर्पित गर्दै देश र काँग्रेसको हित हुनी गरी कार्य गरेको पाइन्छ । तर तेह्रौ माहाधिबेशनमा साम दाम दन्द भेदबाट आफ्नो हातमा नेतृत्व लिएका सेर बाहादुर देउवाको कार्य भनी बि पी बिचार सँग मेल खादैन ।

काँग्रेस सभापति सेर बाहादुर देउवा कसको निर्देशन र इसारामा चल्दैछन यो पनि ऊनी माथि गम्भीर प्रश्न हो । केही सयय अगि भारत भ्रमण गरेका सभापति देउवाको नीतिमा एकाएक परक आएको देखिन्छ । भारतको योजनाबद्धमा प्रचण्डको नीति र निधिको भारत मोहमा फस्दैछन सभापति देउवा ।

काँग्रेस केन्द्रीय समितिको निर्णयले रणनीति बन्नु प्रने हो तर सेर बाहादुर देउवा विधान माथि रहेर केन्द्रीय समितिलाई अनदेखी गरी केही आसे पासेलाइ लिएर काँग्रेसको रणनीति बनाउदैछन , यो रणनीतिले देश र काँग्रेस दुवैलाई हानी गर्ने देखिन्छ ।

निधी भारतीय इसारामा अगि बढेका छन् भन्दा अनपयुक्त नहोला । कैलै कैलाली काण्डका अपराधीको मुद्धा फिर्ता लिने भन्छन् त कैले भारतीय र पश्चिमिली भाषालाई संविधानको अन सूचीमा राख्न पर्छ भन्छन् । देशको उप-प्रधान   तथा गृहमंत्रीले राष्ट्रिय भाषा पहिचानलाई विदेशीको गुलाम बनाउन खोज्नु काहा सम्मको उचित कदम हो ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण पश्चात् भारतकै गुनगान गाउन व्यस्त छन् । देशको नेतृत्वले राष्ट्रिय सुरक्षा पहिचान र धर्म संस्कृति को संरक्षण गर्नु पर्ने  होइन र ? आखिर के को लागि देशको नेतृत्व याहा प्रश्न न उठने कुरै भयन ।

प्रधानमंत्री प्रचण्डको भारत भ्रमण पश्चात् नेपालमा निक्लेका उनका भारतीय मोह बाक्यंसहरु हरुले के जनाउछ भने उनको पोलिशी मेकर पनि कतै भारतबाट त सञ्चालित छैनन् यो पनि शङ्काको विषय हो ।

एमालेको पनि दोहोरो भूमिका देखिन्छ । ओली निकै राष्ट्रबादी हु भनेर आफूलाई जनतामा भ्रमको सृजना उत्पन्न गरेका छन् । देखाउने दारा एउटा र खाने दारा आर्कै भने जस्तै बाहिर भारतको विरोध गर्ने तर भित्रीरुपमा भारतका सामु लम्पसार प्रने यो एमालेको नीति झनै खतरनाक छ । एमाले भित्र पनि अधिकांश भारतलाई मालिक ठान्दछन भारतीय निर्देशनबाट चल्दछन ।

काँग्रेस एमाले माओवादी मात्र होइन रा प्र पा नेपालका केही नेताहरू भारतलाई पर्भु ठान्दछन र भारतीय इसारामा चल्दछन ।

देशलाई वर्तमानमा काँग्रेसकै नेतृत्वको आवस्यक्ता छ । काँग्रेसको नेतृत्व बिना नत संविधान कार्यन्वयन हुन सक्छ नत राजनीतिक निकास निक्लन सक्छ । कांग्रेमा पनि सरकारको नेतृत्व कले गर्ने यो निकै महत्त्वपूर्ण विषय हो । पार्टी सभापति सेर बाहादुर देउवा संसदीय दलको नेता पनि छन् ।

संसदीय दलको नेताको हैसियतमा सरकार नेतृत्वमा जाँदा देउवाको अधिकार बढी हुन्छ । तर उनले नेतृत्व लिएर देशलाई सङ्कटबाट निकास दिन सम्भव देखिदैन । राम चन्द्र पौडेलको नेतृत्वमा पनि काँग्रेस भित्रै एकताको सम्भावना देखिदैन । हुनत देउवाले छिट्टै महिला प्रधानमंत्री बन्ने भनेका छन् तर काँग्रेसमा प्रधानमंत्रीको नेतृत्व लिन सक्ने महिला भनेको चित्रा लेखा यादव र सुजाता कोइराला हुन तर यी दुवै मा एक काँग्रेसबाट प्रधानमंत्रीको उमेद्वारी होलान् सम्भावना कमै देखिन्छ ।

काँग्रेस सभापति सेर बाहादुर देउवा भन्दा निर्वाचित माहामंत्री शशांक कोइराला वर्तमानमा कार्कर्ता बिच निकै लोकप्रिय देखीन्छन । उनको कार्य पनि बि पीको बिचार सँग मेल खान्छ । गगन थापा पनि नेतृत्व लिने क्षमता राख्दछन तर गगन थापामा काँग्रेस केन्द्रीय समिति एक देखिदैन । त्यसैले माहामंत्री शशांक को नेतृत्व एउटा विकल्प हुन सक्छ ।