धर्म निरुपक्षता, देशको बिकास हुदैन:योगेन्द्र गौतम - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

धर्म निरुपक्षता, देशको बिकास हुदैन:योगेन्द्र गौतम



मानब समाजमा आफनो प्रभुत्व कायम गर्दै मानब जाती को बिकास गर्नु पर्छ भन्ने मान्यता पनी नेपाली समाज कै हो । नेपाली समाज सबै भन्दा पारदर्शी समाज हो । सम्मानित समाज हो । नेपाली समाज मा धर्म संस्कृति परंपरा र आदर्शता सद्भाव लाई बिसेश महत्व दिईन्छ । धर्मको रुपमा ९०% नेपाली हरु हिन्दु धर्म मान्दछन । हिन्दू धर्म को संगम पनी छ याहा ।

मठ मन्दिर गुम्बा बाट सुसज्जित नेपाल बिश्व मा हिन्दुत्व को नाम ले परिचित छ । तर बर्तमानमा राजनितिक दलहरुमा आएको बितृष्णा का कारण सम्मानित धर्म संस्कृति र परंपरा को अन्त्य गरिदैछ । यस्मा नेपाली जनता को स्वीकारोक्ति छैन ।

गणतन्त्र नेपाल संगै निरुपक्षता ठिक की बेठिक भन्ने बिषयमा नेपालीहरुमा बिश्लेषणको महत्व निकै देखीयो तर दलगुठले लादेको धर्म निर्पक्षताको सामुन्ने निरही बन्दै गए  र धर्म परिबर्तनको लहर चल्न थाल्यो ।

नेपाललाई ईसाईहरुको धन र दबाबमा धर्म निरुपक्षता राष्ट्र बनाइयो आखिर किन ? प्रश्न राजनितिक दलहरुमा याहा निर उब्जेको छ । जातियता र धर्म को नाउमा जनता लडाउने यो कस्तो खेल हो ?

राजनितिक दलहरुमा धन ठुलो हो एकता र बिश्वास ठुलो देखिएन । बर्तमानमा शान्ति मंत्रालय समेत सम्हालेका एक नाथ ढकाल नेपाल लाइ ईसाई करण गर्दैछन । साहित उनिलाइ थाहा छैन होला जन्म दिने बुवा आमा कुन धर्म का थिए । नेपाली मातृत्व मा जन्मेका यस्ता कुपुत्रहरु प्रति धिक्कारछ । सबैको धर्म सबैले सम्मान गर्नु पर्छ तर जबरजस्ती धर्म परिबर्तन गराइन्छ भने त्यो भन्दा ठुलो अधर्म र अपराध केही होइन । अब हामी नेपाली हिमाल पाहाड तराइ मदेश जाहा जाहा छौ एक हौ आफनो धर्म संस्कृति र परंपरा को रक्षा गरौ ।